- Loading...
एमाले धवलागिरी पालिका अध्यक्षमा प्रगति कार्की चयन
- पुनहिल डट कम
- ११ महिना अघि
- २२२ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरी गाउँपालिका कमिटीको शुक्रवार सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ ।
अधिवेशनले पालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहित आयोजित अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरी नेकपा एमाले मिसन ०८४ को अभियानसहित सङ्गठन विस्तार र सुदृढीकरण लागिपरेको बताउँदै नेता, कार्यकर्तालाई आउँदो निर्वाचन एमालेको पक्षमा नतिजा ल्याउने गरी खट्न निर्देशन दिए।
अधिवेशनलाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खरमाया बिटालु, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन र उपसचिव सतप्रसाद रोकाले पार्टीकाे काम र कार्ययाेजनाबारे कार्यकर्तालाइ प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
