- Loading...
शसस्त्र प्रहरीद्धारा बाढी तथा डुवानमा खोज तथा उद्धार सम्बन्धी नमुना अभ्यास प्रर्दशन
- पुनहिल डट कम
- १ साल अघि
- २३९ पटक पढिएको

शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी–काली गण्डकीनदी दोभानमा ‘बाढी तथा डुबानमा खोज तथा उद्धार सम्बन्धी नमुना अभ्यास’ प्रर्दशन गरेको छ ।
गुल्मले जिल्लका ६ पालिकाका ५–५ जना समेत ३५ जना स्वय ंसेवकहरुलाई समुदायमा आधारित विपदका बेला गरिने खोज तथा उद्धार सम्बन्धी आधारभुत तालिम पछि शुक्रवार खोज तथा उद्धार सम्बन्धी नमुना अभ्यास प्रर्दशन गरेको थियो । सो क्रममा विपदको वेला खोज तथा उद्धारपछि विपद ब्यवस्थापनको सीप बारे पनि प्रर्दशनीसहित ब्याख्या गरिएको थियो ।
शसस्त्र प्रहरी वलका तालिम प्राप्त खोज तथा उद्धारकर्ताहरुले गरेको नमुना अभ्यासको गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेसमेत प्रदेश सरकार र जिल्लाका संघिय एवं स्थानीय तहका जनप्रतिनिधी एवं अधिकारीहरुले अवलोकन गरेका थिए ।
त्यसैविच शसस्त्र प्रहरी बलले गलेश्वर स्थित आश्रित गुल्म बाहेक बेनी–जोमसोम सडकलाई प्राथमिकतामा राखेर अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा विपद ब्यवस्थापन बेस क्याम्प पनि स्थापना गरेको छ ।
‘बाढी तथा डुबानमा खोज तथा उद्धार सम्बन्धी नमुना अभ्यास’ क्रममा शसस्त्र प्रहरी बलका तालिम प्राप्त खोज तथा उद्धारकर्मीहरुले नदीमा बग्दै गरेको, नदीमा अड्किएको, बाढी वा पहिरोमा फसेका ब्यक्तिहरुको डोरीको सहायतामा झरेर, र्याफ्टिङबाट गएर र गोताखोरहरु पानी भित्र डुबेर खोज तथा उद्धार गरेको अभ्यासको नमुना प्रर्दशन गरेको आश्रित गुल्म गलेश्वरका गुल्मपति प्रहरी नायव उपरिक्षक श्यामकुमार पौडेलले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
