- Loading...
म्याग्दीको भलिवल खेल विकासमा प्रवासीको बलियो साथ
- पुनहिल डट कम
- ११ महिना अघि
- २५७ पटक पढिएको

जिल्लाको भलिवल खेलको संस्थागत विकास तथा प्रर्वद्धन गर्न प्रवासी म्याग्देलीले साढे ४३ लाखबढी नगद रुपैयाँ सहयोगसहित बलियो भावनात्मक साथ पनि दिएका छन ।
म्याग्दीको सर्वाधिक लोकप्रिय र बढी खेलिने भलिवल खेलको संस्थागत विकास गर्ने र खेलाडी प्रोत्साहन गर्न बेलायतमा बसोबास गर्ने म्याग्दीवासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति युकेले एक करोड धनराशीको ‘भलिवल अक्षयकोष’ स्थापना गर्न ४३ लाख ६१ हजार ३ सय ९९ रुपैयाँ नगद सहयोग गरेको छ ।
मोना युकेका अध्यक्ष कुमार फगामीले वुधवार बेनीमा भलिवल खेलप्रेमीहरु विच एक कार्यक्रमगरी म्याग्दी भलिबल संघलाई उक्त रकम हस्तान्त्रण गरेका हुन ।
त्यसैगरी म्याग्दी भलिबल संघकाको ‘भलिबल अक्षय कोष’कालागी मोना अर्न्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष दधिवल खड्काले एक लाख, मोना राष्ट्रिय समिति कुवेलले ५० हजार, युएईमा कार्यरत भलिबल खेलाडी प्रकाश कार्कीले पनि २० हजार सहयोग गरे । म्याग्दी भलिबल संघले १ लाख २० हजार रुपैयाँ राखेर स्थापना गरेको ‘म्याग्दी भलिवल अक्षय कोष’ १ करोड धनराशी पुर्याउने लक्ष्य छ ।
कोषमा हालसम्म ४६ लाख ५१ हजार ३ सय ९९ रुपैयाँ रकम जम्मा भएको संघका सचिव एवं जिल्लाका भलिवल खेलाडी कुमार किसानले बताए । सचिव किसानका अनुसार उक्त रकम हाल राष्ट्रिय वाणिज्य बैंकमा बार्षिक ६ प्रतिशत ब्याज अाउनेगरी मुद्धती खातामा राखिएकाे र ब्याजबाट अाउने बार्षिक २ लाख ८० हजार रूपैयाँबाट भलिवल खेल तथा उदीयमान खेलाडी प्रर्धदनमा खर्च गरिने छ ।
अहिले म्याग्दीको भलिवल खेलबाट उदायर राष्ट्रिय/अन्तराष्ट्रिय प्रतियोगितामा खेल्दै आएका महिला तर्फ राष्ट्रिय टिममा अरुण शाही (डायमण्ड क्लव), कमला पुन (नेपाल पुलिस) र पुरुष तर्फ सम्राट भण्डारी (आर्मी) र झमानसिं परियार (पुलिस क्लव) रहेका छन । त्यस्तै गण्डकी प्रदेश भलिवल टिमको मुख्य सेटर सुजन चोखाल म्याग्दीबाट उदायका खेलाडी हुन ।
त्यस्तै, म्याग्दीबाट उदायका पूर्व राष्ट्रिय पुरुष भलिबल खेलाडीहरुमा मिलन मल्ल (एपिएफ) र राजु शेरचन (पुलिस)का हुन । राष्ट्रिय महिला भलिबल टिमबाट खेल्ने कमला थापा, विजया कार्की, पवित्रा विसी पनि यहींबाट उदायका खेलाडी हुन ।
म्याग्दीको महिला भलिबल तर्फ कमला पुर्जा पुन र रिक्झना माझी उदयमान खेलाडी हुन । म्याग्दीकाे पाखाका भलिवल काेर्टबाट उदायका खेलाडीहरू मध्य कै महिला तर्फ कौसिला केसी र पुरुष तर्फ तेजेन्द्र बानियाँ र मलिन रोका अहिले राष्ट्रिय भलिवल प्रशिक्षकको रुपमा कार्यरत छन ।
कोषबाट प्राप्त आम्दानीको जगमा जिल्लामा अन्य आर्थिक स्रोत परिचालन गरी जिल्लाका विभिन्न बस्तीमा भलिवल ट्रेनिङहरु संञ्चालन गर्ने, प्रतिभावान खेलाडी छनौट गरी थप प्रशिक्षण गराई आन्तरिक, राष्ट्रिय तथा अर्न्तराष्ट्रिय भलिबल खेलमा ‘एक्सपोज’ गराउने उद्देश्यले कोष स्थापना गरिएको संघले जनाएको छ ।
‘स्कुल/कलेजमा भलिवलका प्रतिभावान खेलाडी छन तर खेल सीप र नियमित सूत्रवद्ध अभ्यास छैन । त्यसैले खेलाडी उत्पादन गर्न तालिमहरु संञ्चालन गर्ने पहिलो लक्ष्य राखेका छौं’ म्याग्दी भलिबल संघका सचिव कुमार किसानले भने, ‘खेल प्रतिभा छ । पढाईलाई पनि निरन्तरता दिनु पर्ने छ । पारिवारिक आर्थिक अवस्थाले खेलाडीले पढाइ छोडेर प्रदेशिनु पर्ने बाध्यता छ’ म्याग्दी भलिबल संघका सचिव कुमार किसानले थपे, ‘विभिन्न भलिवल खेल प्रतियोगितामा भाग लिन जाने पकेट खर्च समेत नहुँदा उदयमान एवं प्रतिभावान खेलाडी खुम्चिएर बस्नु परेको छ । अक्षय कोषको रकमले ति खेलाडीलाई कलेज पढ्न शुल्क र विभिन्न प्रतियोगितामा भाग लिन बाटो खर्च ब्यवस्थापन गर्ने योजना छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
