- Loading...
जलजलाका जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास तालिम
- पुनहिल डट कम
- १२ महिना अघि
- २६२ पटक पढिएको

म्याग्दी सीमावर्ती पर्वतको जलजला गाउँपालिकाले आफ्नो कामलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास तालिम सुरु गरेको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंगको सहकार्यमा जलजला गाउँपालिकाले वडासदस्यदेखी पालिका अध्यक्षसम्म तथा कार्यालयसहयागीदेखी प्रमुख प्रशासकीय अधिकृतसम्मलाई बन्द कोठामा राखी स्थानीय सरकार संञ्चालनका प्रचलित कानुन, विधी, शिद्घान्त तथा जनमैत्री आचरणसम्मका विषयमा तालिम दिन थालेको हो ।
फागुन १२–१४ गतेसम्म संञ्चालन हुने तालिमको शनिवार पर्वतबेनी स्थित ज्ञानगौरी रिसोर्टमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गरे । कार्यक्रममा ८५ जनाको सहभागीता रहेको छ ।
तालिमका सहभागीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, स्रोत ब्यक्ति विश्वरमण न्यौपाने, ब्यवस्थापक अधिकृत योगमाया सापकोटासमेतलेले विभिन्न २५ वटा विषयमा तालिम प्रदान गर्ने भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए ।
‘जलजला गाउँपालिकाको कामलाई चुस्त, दुरुस्त र जनमैत्री बनाउ तथा स्थानीय सरकारलाई सुशासनयुक्त बनाउन जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास आवश्यक ठानेर तालिम गरेका छौं’ जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले भने, ‘कतिपय कानुनका कुरा र योजना, निर्णय आदी कार्यान्वयनमा जनप्रतिनिधी र कर्मचारी विच मतान्तर हुने गरेकोमा एकै स्थानमा बसी विज्ञबाट कानुनका कुरा छलफल गर्दा भोली ब्यवहारमा कार्यान्वयन गर्न सजिलो हुने ठानेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
