- Loading...
दोस्रो यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल उपाधी, म्याग्दीको अन्नपुर्णलाई
- पुनहिल डट कम
- १२ महिना अघि
- ३३२ पटक पढिएको

दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल उपाधी डिफेन्डिङ च्याम्पेयन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले हात पारेकाे छ । जितमा सुजन परियार २९ अंक योगदान गरे ।
आज सम्पन्न फाइनल खेलमा कास्कीको अन्नपुर्ण गाउँपालिकालाई ६६ का बिरुद्द ७४ स्काेर अग्रता लिँदै दोश्रो पटक उपाधि जितेको हो । पराजित गर्दै दोश्रो पटक उपाधि जेतेको हो । सेमिफाइनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै म्याग्दीको अन्नपुर्ण फाईनलमा पुगेको थियो । प्रतियोगितामा प्रथम हुँदै म्याग्दीले १ लाख २५ हजार नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
प्रतियोगितामा कास्कीको अन्नपुर्ण गाउँपालिकालाई दोश्रो हाफको अन्तिम क्वाटरमा निकै रोचक र समाह्लिएर खेल्दा म्याग्दीले अंक अन्तरलाई बढाएको थियो । अन्तिम क्वाटरको ६ मिनेट समय बाँकी रहंदा ६२ / ६५ को अन्तर रहेको निकै प्रतिस्पार्धामक खेलमा अन्तिम २ मिनेट बाकि रहंदा म्याग्दीले अंक अग्रतालाई बढाउदै अन्तत ८ अंकको अग्रताले खेल जित्न सफल भएको हो ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार नगद पुरस्कार हात पारे । फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
