- Loading...
बाग्लुङकाे पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी पुरा
- पुनहिल डट कम
- १ साल अघि
- ३७६ पटक पढिएको

बाग्लुङकाे सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी भएकाे छ ।
फागुन ९ देखि २३ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।
पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रसमुन्तति, विश्वशान्ति, प्रकृित, पर्यावरण र वातावरणा संरक्षण, श्रीनेपालका देवस्थल, तीर्थस्थल र धार्मिक पयर्टकीयस्थलकाे ब्यापाक प्रचार प्रसारगरी राष्ट्रिय अर्थतन्त्रकाे विकास गर्न एवं विश्व जलसम्पदा रक्षार्थ विश्वभरका देवीदेवताकाे संकल्पसाथ श्रीमुक्तिनाथपीठाधीश्वर स्वामीकमलानयनाचार्य संकल्पगत नेतृत्वमा ब्राह्माण्डीय महायज्ञको नेपालमै पहिलोपटक गर्न थालिएको हो ।
‘ भगवान मुक्तिनाथकाे अध्यक्षता, राष्ट्रदेव पशुपतिनाथकाे संरक्षकत्व, भगवान वुद्धकाे अाह्वानमा ब्रमाण्डका समस्त देवीदेवता, नदी, तीर्थलाइ कलशमा अाह्वानगरी पुजा अाराधना गरिने महायज्ञमा २५ फिट अग्लाे धान्यमाैलाेमा २१ हजार ५ सय ५५ क्वीन्टल धान अर्पण गरिने, संकल्पस्थलमा ५४ प्रकारका हवनीय द्रब्य, सवालाख श्रीफल हवन, वैदिक सद्शास्त्रहरूकाे पारायण, कथावाचन सहित १५ दिनसम्म विविध विधाका राष्ट्रिय विकास सम्मेलन गर्दैछाैं ’ महायज्ञस्थल पञ्चकाेटमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै मुख्य संकल्पकर्ता श्रीमुक्तिनाथपीठाधीश्वर स्वामीकमलानयनाचार्यले भने, ‘ महाँयज्ञकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । उद्घाटनमा राष्टपति सहभागी हुने र अन्य दिनमा क्रमश अन्य विशिष्ठ पाहुना अाउने याेजना छ ।’
महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार उपस्थित हुने हजारौँ भक्तजनका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको छ । त्यस्तै उनका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् । कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उनको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरका नौवटा मौलामा धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने छन।
सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गर्दै आएको उनको भनाइ छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउँछन् ।
पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्त्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
