- Loading...
नेकपा म्याग्दीको ‘राष्ट्रघात र राज्यको षडयन्त्र’ विषयक अर्न्तक्रिया
- पुनहिल डट कम
- १ साल अघि
- २१२ पटक पढिएको

नेकपा बेनी नगर कमिटीको आयोजनामा शनिवार ‘राष्ट्रघात र राज्यको षडयन्त्र’ विषयक अर्न्तत्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय भवनको मुख्य ढोकामा ब्यानर राखी गरिएको कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य आदर्श सीले नेपालले भारत, बेलायत, अमेरिकासमेत विश्वका अन्य देशसंग गरेका असमान सन्धीसम्झौताहरुले कसरी राष्ट्रघात भैरहेको छ भन्ने लामो कार्यपत्र प्रस्तुत गर्दै नेकपाको प्रचण्डसँग दोस्रो संविधान सभा निर्वाचनमा भाग नलिने भन्ने सिक्लेस वैठकको निर्णय कार्यान्वयन नगरेपछि मुख्य असहमति बढेको दावी गर्दै प्रचण्ड, महरा, वर्षमान, नन्दकिसोर पुन समेत माओवादीका अधिकांश नेता भ्रष्ट भएको ठोकुवा गरे । तथापी उनले अहिले नेकपा माओवादी केन्द्रलाई बढी प्रहार नगर्ने निती रहेको पनि दोहोर्याए ।
‘नेकपा माओवादी नेता प्रचण्ड, महरा समेत नेताहरु भ्रष्ट हुन । क्रान्तिका धोकेवाज हुन तर नेकपाको निती प्रचण्ड र नेकपाा माओवादी केन्द्रलाई बढी प्रहार नगर्ने भन्ने नै छ’ पोलिटब्युरो सदस्य आदर्श सीले भने, ‘संसदीय ब्ववस्था नेपाली क्रान्ति र नेपालको विकासकागाी धोका हो तर भर्खरै रुपान्त्रण गर्न सक्ने अवस्थामा नभएकोले यथास्थितीमा सुधार गर्ने रणनितीमा छौं । त्यसकालागी देशको बैदेशिक निती, राष्ट्रिय अर्थ निती, शिक्षा निती, कृषी निती समेतमा सवैदल एक स्थानमा बसेर साझा निती बनाऔं झन्ने मान्यता राख्छौं ।’
अर्न्तक्रिया कार्यत्रममा बोल्दै नेता आदर्शले नेकपाले ‘सी’ जाति किन जन्मायो भन्ने प्रसंग उप्काए । उनले भने, ‘नेपाल बहुजाति, भाषा र धर्म मिलेर बसेको समाज हो । तर जातिय छुवाछुत विद्यमान छ । अनि पार्टीमा आउँदा ‘जातिय पहिचान’ बोकेर आउने र सवै कुरा, अवसरहरु सिमित ब्यक्तिले मात्र हडप्ने प्रवृत्ति अन्त्य गर्न ‘सी’ जातिको विकास गरेका हौं । ‘सी’ को अर्थ कम्युनिजम हो’ नेता आर्शले थपे, ‘नेकपाले जन्म, विवाह र मृत्युसंस्कारमा पनि सुधार गरी प्रगतिशिल संस्कार बनाउने प्रयास थालेका छौं ।’
आर्दशले बताए अनुसार नेकपाले अव जन्म संस्कार ः न्यूनखर्चमा खुशीयाली मनाउने । नवार्ने, विवाह संस्कार ः जोडी छनौटमा स्वतन्त्रता, विवाहोत्सव कम खर्चिलो, तडकभडक नभएको बनाउने, मृत्यु संस्कार ः १३ दिन मनाउने, श्रद्दान्जली, कोष स्थापना, दान, वृक्षारोपण, शोकसभा र सकेसम्म मृतक आफन्तको सम्झनालाई सम्मानयोग्य, संस्कारयुक्त बनाउने तर भड्कीलो नबनाउने भनेको छ ।
त्यसैविच कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार ध्रुव सी (ध्रुवलाल शर्मा)ले नेकपा माओवादी केन्द्रले बर्गिय द्वन्द्वलाई छलपूर्वक जातिय र धार्मिक द्वन्द्वमा परिणत गराईएको र हिजो माओवादी फmैलिएको स्थानमा अहिले क्रिस्चियन धर्म मौलाएकोले नेताहरुको चरित्र र ब्यवहारमा गहिरो आशंका रहेको दावी गरे । कार्यत्रममा नेकपा धवलागिरी इन्चार्ज विकीरण सी, केसस उषा सी समेतले कुरा राखे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
