- Loading...
नवनिर्वाचित म्याग्दी एमालेले ‘म बनाउँछु मेरो पार्टी’ संञ्चालन गर्ने
- पुनहिल डट कम
- १ साल अघि
- २२० पटक पढिएको

नेकपा एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’ अभियानको चलाउने भएकाे छ । एमाले म्याग्दीकाे हालै सम्पन्न १० अाैं जिल्ला अधिवेशनपछि शुक्रवार बसेकाे जिल्ला कमिटीकाे पुर्ण बैठकले ‘म बनाउँछु मेरो पार्टी’ समेत विभिन्न अभियानको चलाउने
निर्णय गरेको शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बालकृष्ण सुवेदीले निर्णय सुनाए । पत्रकार सम्मेलनमा एक सदस्यले एक सदस्य थप्ने अभियान संचालन गर्ने, पार्टीलाई जनताको अदालतमा खडा गर्न खुल्ला छलफलका कार्यक्रम संचालन गर्ने, जिल्ला र पालिकामा विपतमा सहयोग गर्ने गरि उद्धार टोली तयार गर्ने, युवा उत्प्रेरणाका कार्यक्रम संचालन गर्ने, युवा र विद्यार्थीहरुमाझ पार्टीको विचारलाई पु¥याउन विभिन्न कार्यक्रम संचालन गर्ने, संस्थागत भ्रस्टाचार हुने ठाउँहरुमा निगरानी राख्ने सहितको वार्षिक योजना तयार गरेको अध्यक्ष सुवेदीले सुनाए ।
त्यसैगरि जिल्लाका पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने, सामाजिक संजालको सदुपयोगलाई बढाउने र दुरुपयोगलाई नियन्त्रण गर्ने, वर्षमा २ पटक जनप्रतिनिधिहरुलाई प्रशिक्षण र वार्षिक रुपमा वडा, पालिका तथा जनसंगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पार्टीको मुखपत्र प्रकाशन गर्ने, पार्टी कार्यालयलाई सूचना वैंक, ह्युमन रिसर्च र आईडिया वैंकको रुपमा विकास गर्ने लगायतका योजना बनाईएको छ ।
त्यस्तै वैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बालकृष्ण सुवेदी, जनसंगठन समन्वय संयन्त्र प्रमुखमा उपाध्यक्ष प्रमोद श्रेष्ठ, संगठन विभाग प्रमुखमा सचिव थमसरा पुन, आर्थिक विभाग प्रमुखमा उपसचिव सत प्रसाद रोका, स्थानीय विकास विभाग प्रमुखमा उपसचिव खड्क गिरी, र सहकारी तथा गरिवि निवारण विभाग प्रमुखमा सदस्य देउ प्रसाद छन्त्याललाई चयन गरेकाे पनि जनाएकाे छ ।
त्यस्तै पालिका अधिवेशन फागुन मसान्त भित्र र वडाको अधिवेशन चैतको मसान्तभित्र गरिसक्ने उल्लेख छ । पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज नरदेवि पुन, प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ, खुम बहादुर बानियाँ समेतकाे उपस्थिती रहेकाे थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
