फेसन बन्दै हुक्का सेवन, एउटा हुक्का दुइ सय खिल्ली चुरोट बराबर हानीकारक

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८८२ पटक पढिएको
फेसन बन्दै हुक्का सेवन, एउटा हुक्का दुइ सय खिल्ली चुरोट बराबर हानीकारक

आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोटभन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेस्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाइमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ।

‘बेनीमा मौलाएको हुक्का विकृतिलाई रोक्न नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । हुक्का श्वास्थ्यकालागी अति हानिकारक मात्र होईन हुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बन्न थालेको रिपोर्टहरु आएका छन । समाजका प्रवुद्ध समुदायबाट हुक्कामा प्रतिवन्ध लगाउनै पर्ने सुझाव आएका छन’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘हुक्काले सामाजिक मर्यादा पनि भत्काएको छ । हुक्काले केही गर्दैन भन्ने मनोविज्ञानले युवायुवतीहरु सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी हुक्का तान्नेहरु बढेका छन । र यस्ले युवा पुस्तालाई निकोटिनको लतमा झन फसाएको छ ।’

तर, यथार्थ फरक छ। एकपटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कार्बन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सोसम्बन्धी रोग, मुख, अन्ननली, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। धुम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धुम्रपान  नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

धुम्रपानको असरहरू 

  • विभिन्न क्यान्सर, फोक्सो, मुटु सम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह, एथेरोस्क्लेरोसिस, क्षयरोग हुन सक्छ।
  • शुक्राणुको संख्या, गुणस्तर घट्नु, पुरुष बाँजोपन।
  • वातावरण प्रधुषण।
  • गर्भावस्थामा धुम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्यु हुन्छ।

हुक्का जस्तै भेप पनि हानिकारक

कागजमा बेरेको सूर्तीमा आगो वालेर धुँवा तान्ने परम्परागत चुरोट भन्दा फरक ब्याक्ट्रीको सहायताले एउटा सानो उपकरणमा राखिएको समिश्रणबाट निकोटिनयुक्त धुँवा तान्नुलाई इलेक्ट्रिोनिक सिगरेट अर्थात भेप भन्ने गरिन्छ ।

इलेक्ट्रिोनिक सिगरेट अर्थात भेपलाई हिजोआज कतिपय ब्यक्तिले सार्वजनिक स्थलमा गर्वसाथ तान्ने गरेको देखिन्छ तर श्वास्थ्य विशेषज्ञहरुले भेपले पनि श्वास्थ्यकालागी हानिकारक भएको बताएका छन । छिमेकी देश भारतमा इलेक्ट्रिोनिक सिगरेट अर्थात भेपलाइ प्रतिवन्ध लगाएको छ । नेपालमा पनि चिकित्सकहरुले भेपमा प्रतिवन्ध लगाउन माग गरेका छन ।

श्वास्थ्य विज्ञका अनुसार भेपमा निकोटिन, पानी र सुगन्धको सम्मिश्रण हुन्छ । त्यसैले  रहेकोले यसले युवामा लत लगाउँदै अन्ततः चुरोट सेवनमै पुर्‍याउने हुन्छ । अमेरिकामा ई-चुरोटका कारण फोक्सोको रोग लागेका ४५० वटा घटना प्रकाशमा आएका छन्। तेत्तीसवटा राज्यमा कम्तीमा छ जनाको मृत्यु भएको बताइएको छ।

अमेरिकाका स्वास्थ्य अनुसन्धानकर्ताहरूले ती समस्या कुनै पदार्थ सेवनका कारण भएको हो वा अत्यधिक प्रयोगका कारण हो भन्ने कुरा पत्ता लगाउने प्रयत्न गरिरहेका छन्।

अमेरिकामा न्यूयोर्क राज्यले भेपको प्रयोगमा प्रतिबन्ध लगाएको एक दिनपछि भारतले पनि त्यो पदचाप अनुसरण गरेको हो।

आलोचकहरूका अनुसार भेपमा प्रयोग हुने सुगन्धले बालबालिकाहरूलाई आकर्षित गर्छ र उनीहरू निकोटिनको लतमा फस्न सक्ने सम्भावना बढाउँछ।