FLASH NEWS
- Loading...
युक्रेन विरूद्ध युद्ध लडिरेका नेपाली रसियन सैनिककाे डायरी
- पुनहिल डट कम
- १ साल अघि
- ४९३ पटक पढिएको

रसियन सेनामा भर्ति भै युक्रेन विरूद्ध युद्ध लडिरहेका म्याग्दीकाे मंगला गाउँपालिका, ४ बरंजा धापुङका रमेश विक (क.डायमण्ड)ले अाफ्नाे फेसवुक वालमा लेखेकाे स्टाटस । रमेशले रसिया-युक्रेन चलिरहेकाे युद्धस्थलकाे अवस्था बारे यसरी लेखेका छन ः
यहाँको अवस्थावारे-
सुरुमा मस्को स्थित रुसी सेनाको केन्द्रीय भर्ति केन्द्रमा आवेदन फारम भरिन्छ,वैकं खाता खोलिन्छ,साथमा पुर्ण मेडिकल चेकजाँच हुन्छ,त्यसपछि मस्को नजिकै एभनगार्ड र वालाशिख दुईवटा स्थानमा रहेको केन्द्रीय तालिम केन्द्रमा न्युनतम २ हप्ता वस्ने व्यवस्था हुन्छ,त्यसविचमा फिजिकल, फाईरिङ पोजिसन,व्याटल ड्रिल,ड्रोन एट्याक/डिफेन्स, मेडिकल/क्याजुल्टी रेस्क्यु लगायत वेसिक अभ्यास हुन्छ, २ हप्ता पछी क्रमशः १ प्लाटुन स्तरको संख्यामा पुनः केन्द्रीय भर्ति केन्द्रमा ल्याईन्छ र मेडिकल अनफिट भएका वाहेक अन्यलाई रुसी सेनाको काम,कर्तव्य,अधिकार,नियम,कानुन, अनुशासन,तलव/भत्ता,सेवा/सुविधा वारे व्रिफिङ हुन्छ, लिखित प्रस्ताव पढ्न दिईन्छ,त्यसपछि चित्त वुझेर सेनामा भर्ना हुन ईच्छुक उम्मेदवारले सम्झौता पत्रमा हस्ताक्षर गर्न सक्छ भने ईच्छा नहुने त्यहिँ वाट वाहिरिएर सहजै घर फर्किन सक्छ ।
सम्झौता पत्रमा हस्ताक्षर गरेर आधिकारिक रुपमा सैन्य सेवामा प्रवेश गरेकाहरु त्यहाँ वाट त्यहि साझं अर्को तालिम केन्द्रतिर मुभ हुन्छ,सवभन्दा नजिकको तालिम केन्द्रमा पर्ने वसमा ४ घण्टा र सवभन्दा ताढाको तालिम केन्द्रमा पर्ने १८ घण्टामा गन्तव्यमा पुग्छ,त्यहाँ न्युनतम २ देखि ३ हप्ता सवैखाले अत्याधुनिक हतियार(Ak-12,Lmg,Gpmg,
Hmg,Snapper,RL)आदीको ट्रेनिङ,मुलतः फायरिङ अभ्यास हुन्छ,तालिमको अन्तिम रात नाईट फाईरिङ ड्रिल हुन्छ र अर्को दिन साझँ त्यहाँ वाट आर्मी ट्रकमा चढेर रुसले कव्जा गरिसकेको युक्रेन भुमितिर मुभ हुन्छ, गन्तव्यमा पुगेपछि फेरी अर्को चरणको अन्तिम ट्रेनिङ सुरु हुन्छ,२ देखि ३ हप्ता तालिमको अन्तिम रात नाईट फाईरिङ ड्रिल हुन्छ र अर्को साझ वार जोनतिर प्रस्थान गर्छ।
वारजोनमा कसैले आफ्नोे वंकर रक्षाको ड्युटी गर्नुपर्छ,कसैले एम्युनेसन सप्लाई गर्नुपर्छ,कसैले क्याजुल्टी रेस्क्यु गर्नुपर्छ,कोही,आर्टीलरी,डिफेन्स संगै एसल्टमा युक्रेन पक्षको वंकर आक्रमण गर्दै थप भुगोल कव्जाको लागी अघि वढ्नुपर्छ। निश्चित ईलाकामा ४/५ दिन नियमित वार,रिट्रिट,एकहप्ता रिफ्रेस ट्रेनिङ फेरी ४/५ दिन वार ,रिट्रिट फेरी रिफ्रेस ट्रेनिङ फेरी वार क्रमशः यस्तै चलिराछ।
अहिले रुसी सेना,रुसको नियन्त्रणमा रहेको अति युद्ध ग्रस्त क्षेत्र मारियोपोल,टकमक,वागमट,जाप्रोजिया,ओदिसा, खार्किभ,खेरसन,लुहान्स,दोनेट्स्क,क्राईमिया आदी क्षेत्रमा परिचालित छ,रुसी सेना अहिले कव्जा गरिएको भुमिको डिफेन्स र सानो स्केलमा थप भुगोल कव्जाको रणनितिमा छ भने युक्रेनी सेना भुमि फिर्ता गर्ने उदेश्यसहित आक्रमणमा आउछ,यतावाट प्रतिरोध/मुठभेड हुन्छ दैनिकजसो दुवैपक्षका दर्जनौं सैनिक हताहत हुन्छ,व्याक हुुन्छ,फेरि अर्को दिन आक्रमण/ प्रतिरोध हुन्छ दुवैतिर हताहत हुन्छ,सानो स्केलको नियमित स्थलगत लडाइँ यसरी नै चलिरहेको छ।मुख्य ईलाकाहरुमा ड्रोण मार्फत वमवार्ड,लडाकु विमानद्दारा मिसाइल प्रहार,रकेट हमला त दैनिक नै चलिरहन्छ ,युद्ध कहिले अन्त्य हुन्छ निश्चित त छैन तर नाटो गठवन्धन ले जति छिटो दवाव सिर्जना गर्छ त्यति नै छिटो ठुलो स्केलको हतियार द्दारा ध्वंसात्मक युद्ध लडेर वार फाईनल गरिन्छ भन्ने अफिसियल कमाण्ड व्रिफिङ छ।
अन्त्यमा एउटा जानकारी – रुसी सेनामा आवद्ध भएर दुई/तिन महिनादेखी सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा वढी परिवारजनले आफ्नो मान्छेको अवस्थावारे केहि वुझ्दिनुपर्यो भनेर फोटो,डकुमेन्ट,म्यासेज पठाई रहनुभएको छ, आफै पनि एकहप्ता वार,फेरी रिट्रिट,रिफ्रेस ट्रेनिङ फेरी वार यस्तै व्यस्ततामा रहने हुदा सवैलाई एक एक जवाफ दिन सकेन,समग्रमा जानकारी के भने वारमा जाने वाहेक कतिपय जङ्गल ईलाकामा वंकरमा ड्युटी पर्नेहरु रिप्लेस नहुदा सम्म २ देखी ३ महिना फोन/ईन्टरनेटको पहुचमा हुदैनन,मोवाईल लान पाईन्न मोवाईल एलो जोनमा ड्रम गरेर जानुपर्छ,रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ। तसर्थ नआत्तिनु होला। वारमा जानेको हकमा चाहीँ वढीमा एक महिना सम्पर्क विहिन भयो भने घाईते/अपांग,हताहती वा दुश्मणको कव्जामा समेत पर्न सक्ने अवस्था हुन्छ,युद्ध वाट अत्तालिएर भाग्न खोज्दा गिरफ्तार भएर केहि समय सम्पर्क विहिन हुने अवस्था पनि छ।कहिलेकाहीँ माईन विस्फोट वा वमवार्डमा कमाण्डर सहित सिंगै युनिट हताहत भयो भने खोजिकार्य,सनाखत र रिपोर्टिङमा ढिलाई हुदा सम्वन्धित परिवारलाई सुचित गर्न विलम्ब भएको देखिन्छ। तसर्थ यसरी वुझ्दिनु होला।लामो समयदेखि सम्पर्क विहिन भएकाहरुको अवस्था वारे जानकारी दिन सम्वन्धित ईकाइमा रिपोर्टिङ गरेको छु,केहिको अवस्था वारे कन्फर्म गरेर सुचित पनि गर्दिसकेको छु।के गर्नु युद्ध निर्मम हुन्छ,सवै अवस्थाको सामना गर्नै पर्छ तथापि कोहि पनी निरास नहुनु होला मैले भ्याएसम्म सकेजति सहयोग गर्ने नै छु। तर कतिपय भगौडाहरुले फैलाएको तथ्यहिन र अतिरंजित हल्लावाट प्रभावित/भ्रमित नहुनु होला।।।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
