FLASH NEWS
  • Loading...

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ११५ पटक पढिएको
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी

बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे  २४ ओै वार्षिक साधारण सभा तथा ११  ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन भएका छन ।

संस्थाकाे उपाध्यक्षमा  राजेन्द्र श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , मनाेज पाैडेल, राधिका सापकाेटा, बलराम सुवेदी, गंगा कुमारी खत्री  निर्विराेध निर्वाचित भएकाे संस्थाका प्रबन्धक याम बहादुर विकले बताए ।

आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले  उद्घाटन गरेका थिए ।