FLASH NEWS
  • Loading...

आधारभुत तहस्तरीय फुटबलको उपाधी आयोजक विजयी

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १९७ पटक पढिएको
आधारभुत तहस्तरीय फुटबलको उपाधी आयोजक विजयी

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजक बेनी बाेर्डिङ विजयी बनेकाे छ ।

शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई २–४ विरूद्ध गोल गदैं उआयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले उपाधी जितेको हो । केबी एकेडेमी उपविजेतामा चित्त बुझाएकाे छ ।  विजेता र उपविजेताले क्रमशः नगर ३० हजार र १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा बेनी बोर्डिङका अभिषेक घिमिरे उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी सुझाव बानियाा,उत्कृष्ट मिडफिल्डर एन्जल घर्ती, उत्कृष्ट डिफेन्डिर अरुण शेरपुन्जा,सार्वाधिक गोलकर्ता केबी एकेडेमीका खिम थापा, उत्कृष्ट स्ताइकर केबीकै खिम थापा, अनिशासित टिम दरबाङ बोर्डिङ र उत्कृष्ट कोच बेनी बोर्डिङका बिनोद घर्तीलाई ट्रफी प्रदान गरिएको थियो ।