- Loading...
हल्कादेखी मध्यम हिउँदे वर्षा हुँदै
- पुनहिल डट कम
- १ साल अघि
- २९९ पटक पढिएको

पश्चिमी वायु नेपाल प्रवेश गरिरहेकाेले भाेली वुधवारदेखी नेपालमा हिउँदे वर्षा हुँदैछ । तर देशभर सवै स्थानमा एकनासकाे बर्षा हुने संभावना भने न्यून देखिएकाे माैषमविदहरूले भनेका छन ।
त्रिभूवन विश्व विद्यालय हाइड्राेलाेजी तथा मेथाेलाेजी केन्द्रीय विभागका माैषम विदहरूले गरेकाे एक हिउँदे वर्षा काे संभावित क्षेत्र र पानी/हिमपातकाे घनत्व समेटिएकाे एनिमेटेड तस्विरमा सार्वजनिक गर्दै भनेका छन, ‘बुधबारबाट नेपाल भित्र सक्रिय हुने पश्चिमी वायुले बुधबार दिउसोबाट सुदुरपस्चिम हुदै क्रमश पश्चिमी भागका धेरै ठाउमा हिमपात र हल्का वर्षा गराउने छ । साथै यो प्रणाली बिहिबार पुर्व तर्फ सर्दै दिउसो देखि काठमाडौँ उपत्यका लगायत कोशी प्रदेशका हिमाली र पहाडी भेगमा हिमपात वर्षा गराउने संभावना छ ।’
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तो छ मंगलबार रातिसहित ३ दिनको मौसम पूर्वानुमान
२०८० माघ १६ गते (मंगलबार)
राति : देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८० माघ १७ गते (बुधबार)
दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०८० माघ १८ गते (बिहीबार)
दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। रहनेछ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति : कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
