- Loading...
सिसिटिभी क्यामेराको निगरानीमा गलेश्वर
- पुनहिल डट कम
- १ साल अघि
- ५१६ पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार अब सिसिटिभी क्यामराको निगरानीमा रहने भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा गलेश्वर प्रवेशद्वारमा रहेकाे गलेश्वर प्रहरी चाैकीदेखी राहुघाट नदीकाे पुलसम्मका मुख्य ६ ठाउँमा सिसी क्यामेरा जडान गरिएको गलेश्वर क्षेत्र विकास काेषका अध्यक्ष माधव रेग्मीले बताए । क्यामेरा जडान गर्न दुइ संस्थाले अाधा अाधा खर्च ब्यहाेर्ने गरी दुइ लाख ५० हजार खर्च भएकाे छ ।
सिसी क्यामेराकाे शुक्रवार गलेश्वर प्रहरी चाैकीमा रहेकाे सिसी क्यामेराकाे कन्ट्राेल रूमबाट क्यामेराकाे वत्त्रि अनगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे ।
गलेश्वर प्रहरी चाैकीका प्रमुख प्रहरी सहायक निरिक्षक विक्रम तिवारीका अनुसार जडित सिसी क्यामेरा ३ पिक्सल रिजाेलुसन क्षमताका स्टार लाइट हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख मदन कुँवरका अनुसार हालसम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर समेत अन्नपूर्ण गापकाे भुरूङताताेपानी, गलेश्वर, बेनी नपाकाे सिङ्गाताताेपानी, मंगला गापाकाे बाबियाचाैर बजार र मालिका गापाकाे दरवाङ बजारमा समेत ७६ सार्वजनिक स्थानमा जडित सिसी क्यामेराले जिल्लाकाे सुरक्षा निगरानी गरिरहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
