- Loading...
बेनीकाे सेतीपहिरोले पायो नयाँ नाम ‘श्रीरामघाट’
- पुनहिल डट कम
- १ साल अघि
- १८०२ पटक पढिएको

बेनी नगरपालिका, ६ मा पर्ने सेतीपहिरोले नयाँ नाम पाएको छ, श्रीरामघाट ।
हिन्दुहरुका आरध्यदेव श्रीरामको जन्मस्थल भारतको अयोध्यामा रामको वालापनको मुर्ति गर्भगृहमा राखिएको खुसीयालीमा म्याग्दीको बेनी नगरपालिका, ६ स्थित सेतीपहिरोले नयाँ नाम पाएको हो, श्रीरामघाट गलेश्वर क्षेत्र बेनी ।
अघिल्लो वर्ष यही समयमा भारतको अयोध्यामा निर्मित राममन्दीरमा राखिने रामको वाल्यकालको मुर्ति बनाउन श्रीरामघाट गलेश्वर क्षेत्र बेनी स्थित कालीगण्डकी नदी किनारबाट ७ फिट लामो, ५ फिट चौडाई र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराईट र क्यालासाईट ‘देवशिला’ लगिएको थियो ।
यहाँबाट लगिएको ‘देव शिला’ बाट रामको मुर्ति नबनाई राम मन्दीर परिषरमा मात्र राखिएको भएपनि उनै पुरुषोत्तम रामको मुर्ति बन्न योग्य देवशिला उत्खनन भएको स्थल भएकोले सेतीपहिरोको नाम परिवर्तनगरी ‘श्रीरामघाट गलेश्वर क्षेत्र बेनी’ राखिएको हो ।
सदरमुकाम बेनीदेखी २.५ किलोमिटर उत्तर बेनी–जोमसोम सडक किनारामा हेय स्थलको रुपमा बेनी नगरबाट उर्त्सजनहुने फोहोर फालिँदै आएको सेतीपहिरो ‘श्रीरामघाट’ बनेपछि बेनी नगरपालिकाले यहाँको डम्पिङ साईट अन्यत्र स्थानन्त्रणगरी देवस्थलको रुपमा विकास गर्ने भएको छ ।
‘बेनी–गलेश्वर क्षेत्र हिन्दु धार्मिक मान्यताहरुमा पनि एउटा महत्वपूर्ण स्थल हो । अझ गत वर्ष यहीँबाट अयोध्यामा निर्मित भगवान पुरुषेत्तम रामको मुर्ति बनाउन खोजिएको देवशिला यहीं उद्गम भएकोले यस स्थललाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न खोजिएको हो’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘हामीले चिन्न नसकेको देवस्थल फेला परेको छ । यसको संरक्षण प्रर्वद्धन गर्न आवश्यक छ । अझ यो मुक्तिनाथ प्रवेशद्धारमा पर्ने भएकोले श्रीरामघाट स्थलमा स्नानगरी कागवेनीमा गै तर्पण गर्नु उत्तम हुने भएकोले धार्मिक पर्यटनसंग जोडेर काम गर्न खोजेका छौं ।’
हिन्दु धार्मिक विश्वास अनुसार शालिग्राम भगवान विष्णुको स्वरुप र श्रीरामलाई विष्णुकै अवतार मानिएकोले दामोदरकुण्ड र मुक्तिनाथबाट बग्ने कालीगण्डकी पाईने ‘देशवशिला’ पवित्र मानिन्छ ।
कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरु पुलह, कपिल र जडभरतले तपस्यागरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाश्रम सांख्य दर्शनका महामुनी कपिलको पनि तपोभूमि मानिन्छ । पुलह ऋषीले सिद्धी प्राप्त गरेको पुलाश्रममा रावण र कालीपारी जलजलामा ऋषी परासरको जन्म भएको शास्त्रिय मान्यता रहेको ‘परम बैदिक सनातन धार्मिक आश्रम श्रीलक्ष्मीहरी नारायण मन्दीरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा’ले बताए ।
भारतको आयोध्यामा निर्मित राम मन्दीरको अभिषेक र भगवान रामको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको शुभसाईत आज जनवरी २२ तारेखको दिउँसो १२.२० मिनेट (नेपाली समय अनुसार माघ ८ गते दिउँसो १२.३५ मिनेट)मा म्याग्दीको बेनी नगरपालिका, ६ मा पर्ने श्रीरामघाट गलेश्वरक्षेत्र म्याग्दीमा सवालाख दीप प्रज्वलन गरिएको छ ।
तर उक्त शिलाबाट रामको मुर्ति नबनाईएको भएपनि ५ सय बर्षदेखी वनवास भएका राम (मुस्लिमहरुले रामको मन्दीर भत्काएर मस्जित बनाएको अवधी)को पुनः मन्दीर निर्माण भै रामको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको खुसीयालीमा नेपाली हिन्दुहरुले पनि उक्त देवशिलाको गर्भस्थलमै दीपप्रज्वलन गरीएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले बताए ।
भारतीय हिन्दुहरुले अयोध्यामा ५ सय बर्ष अघि (१६ औं शताब्दी)मा मुसलमानहरुले राम मन्दीर भत्काएर मस्जिद बनाएको विश्वास गर्छन । सोही विश्वासका आधारमा सन् १९९२ मा हिन्दुहरुको भिडले अयोध्यामा १६ औं शताब्दीमा निर्मित मस्जित भत्काउँदा फैलिएको हिंसामा २ हजारबढीको ज्यान गएको थियो ।
अयोध्यामा रहेको उक्त स्थल हिन्दुको कि मुस्लिमको भन्ने लामो विवादमा भारतको सर्वोच्च अदालतले गत वर्ष अयोध्यानगरको उक्त स्थान हिन्दुहरुको भएको फैसलागरेपछि भारतीय हिन्दुहरुले रामको जन्मभुमीमा रामको वालललामुर्ति र मन्दीर निर्माण थालेका थिए ।
हिन्दुहरु रामलाई भगवान विष्णुको अवतार मान्छन । र रामलाई उनीहरु पुरुषेत्तम राम भनि भन्छन । अयोध्यामा ७० एकड जमिनमा फैलिएको र निर्मित तीनतले रामको मन्दीर बनाउन झण्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको भारतिय संञ्चार माध्यमहरुले लेखेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
