- Loading...
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने, काे बन्ला एमाले म्याग्दीकाे अध्यक्ष ?
- पुनहिल डट कम
- १ साल अघि
- ४०३ पटक पढिएको

नेकपा एमाले म्याग्दीले माघ १२ र १३ गते १० अाैं जिल्ला अधिवेशन गर्दैछ । र साे पार्टीकाे जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।
एमालेले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने तर जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ । उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ ।
नयाँ निर्देशन अनुसार एमाले म्याग्दीका सचिव सुरत केसीले अध्यक्षमा दावी गर्न वा साेही पदमा दाेहाेर्याउन पाउने छैनन । त्यस्तै, उपसचिव राजकुमार थापाले सचिव वा अध्यक्ष पदमा दावी गर्न पाउने छैनन । केसी बेनी नगरपालिकाका मेयर र थापा जिल्ला समन्वय समितीकाे प्रमुख छन । त्यस्तै, मालिका गापा अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्ष्मी पुन, मंगला गापा अध्यक्ष सतप्रसाद राेका, उपाध्यक्ष प्रेमा अधिकारी, अन्नपुर्ण गापा प्रमुख भारत पुन, उपाध्यक्ष दीवा पुन समेत कार्यपालिका सदस्य, वडाध्यक्षहरूले पनि एमालेकाे जिल्ला कमिटीकाे अध्यक्ष, सचिव पदमा उठ्न पाउने छैनन ।
नयाँ ब्यवस्था अनुसार एमालेकाे जिल्ला अधिवेशनमा अध्यक्ष र सचिव पदमा भन्दा उपाध्यक्ष र उपसचिव पद पेचिलाे बन्ने देखिएकाे छ ।
एमाले म्याग्दीका बर्तमान अध्यक्ष देवेन्द्र केसीले दाेहाेर्याउने संभावना न्यून रहेकाेले उपाध्यक्ष बालकृष्ण सुवेदी अध्यक्ष पदमा र सचिव पदमा प्रेमबहादुर कार्कीले सामाजिक संञ्जालमा दावी पेस गरेका भएपनि हालकी उपसचिव थमसरा पुन बन्ने प्रवल संभावना छन । अव उपाध्यक्ष पदमा बर्तमान सचिव सुरत केसी र प्रमाेद श्रेष्ठकाे दावी देखिएकाे छ । उपसचिवमा संमन्वय प्रमुख राजकुमार थापा बाहेक अन्नपुर्णका खड्ग गिरीकाे संभावना अांकलन गरिएकाे छ । उपाध्यक्षमा प्रमाेद श्रेष्ठ नअटेकाे खण्डमा उससचिवमा राजकुमारले वलिदानी दिनुपर्ने संभावनाकाे जाेडघटाउ गर्न थालिएकाे देखिन्छ ।
एमालेकाे निर्देशनमा प्रष्ट उल्लेख नभएपनि माथिल्लाे पदमा उम्मेदवारी भएका तर जीत हात पार्न असफल भएका नेता, कार्यकर्ताकालागी तल्लाे कमिटीमा उम्मेदवार बन्न र चुनिन नैतिकताकाे प्रश्न रहने एमाले नेताहरू बताउँछन ।
एमाले म्याग्दीकाे अधिवेशनकालागी अायाेजक समिती समेत ८० जना दलित, एक सय २३ जना महिलागरी ४ सय १९ जना प्रतिनिधी छनाैट भएकाे पनी एमालेले जनाएकाे छ । एमालेले यस पटक अधिवेशन जिल्ला समन्वय समितीकाे सभाहलमा गर्ने र अधिवेशनका सहभागीलाइ साेही स्थानमा खानाकाे ब्यवस्थापन गर्ने पनी उल्लेख गरिएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
