- Loading...
‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा पैसा फसेपछि ‘लेनिन’को देशमा सिपाही
- पुनहिल डट कम
- १ साल अघि
- ४३३ पटक पढिएको

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा परिचित ‘कमरेड’लाई बुझाएको १० लाखबढी रकम फसेको रकम उठाउन नसकेपछि ‘लागेको ऋण’ परिवारलाई छोडेर रसियन सेनामा भर्ति हुन पुगेको खुलेको छ ।
‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा ‘कमरेड’हरु मार्फत १० लाख रुपैयाँ फसेपछि तनावग्रस्त बनेका बरंजाका लालबहादुर विरक्तिएर रसिया हानिएका हुन । अहिले लालबहादुरको उहीं रहेका भाई रमेशसंग आकलझुक्कल बाहेक परिवारसँग सम्पर्कमा छैनन ।
‘जनमुक्ति सेना’ अर्न्तराष्ट्रियवादी युद्धा चे ग्वाभेराको जीवनी पढेका र चेद्धारा प्रतिपादित गुरिल्ला युद्धकला सिकेका लालबहादुर र रमेश एकै घरका दुई दाजुभाई ‘लेनिन’को देशको सेनामा भर्ती भै युक्रेन विरुद्ध युद्ध लडिरहेका छन । म्याग्दीको मंगला गाउँपालिका, ४ धापुङका सुपला र गौरी विकका चार भाई छोराहरु मध्य रमेश साईला र लालबहादुर कान्छा हुन । जेठा भारतिय सेनामा कार्यरत छन । माईला लामो समय बैदेशिक रोजगारी गरी फर्केर अहिले बेनी नगरपालिका, ४ तातोपानीमा सानो ब्यवसाय गर्छन ।
साईला रमेश र कान्छा लालबहादुर विक ‘जनयुद्ध’का ‘जनसेना’ हुँदै अहिले रसियन सेनामा कार्यरत छन । माओत्सेतुङको बैचारिक जगमा नेकपा (माओवादी)ले गरेको शसस्त्र विद्रोह ‘जनयुद्ध’ मा ०५६ सालदेखी माओवादी लडाकु ‘जनमुक्ति सेना’ बनेका थिए, रमेश (डायमण्ड) र लालबहादुर (सुधिर) विक ‘रोजीरोटीको बाध्यताले लेनीनको देशमा अन्र्तराष्ट्रिय युद्ध लड्दैछन । लालबहादुर बहुचर्चित नक्कली भुटानी प्रकरणमा रकम फसाएका पीडित हुन ।
नेपालमा १० बर्ष चलेको माओवादी शसस्त्र विद्रोहमा रमेश माओवादीको ‘जनमुक्ति सेना’को चौंथो डिभिजन वसन्त स्मृती विग्रेडमा कम्पनी कमाण्डर थिए । भाई लालबहादुर भने मंगलसेन स्मृति बटालियन एउटा प्लाटुनमा पिएलएमा थिए । जनमुक्ति सेनामा रहँदा आफ्नो समयका महान अन्तर्राष्ट्रियवादी क्रान्तिकारी र गुरिल्ला युद्धकलाका प्रर्वद्धक योद्धा ‘चे ग्वेभारा’ (अजभ न्गभखबचब)को जिवनी पढेर ‘जनयुद्ध’मा होमिएका विक दाजुभाई दुवै अहिले कम्युनिष्ट क्रान्तिका नायक लेनिनको देश (रसिया)को रक्षार्थ युद्ध लडिरहेका छन । पूर्व माओवादी लडाकु डायमण्डकै शब्दमा ‘सामाज्यवादीको कठपुतली युक्रेनी सरकार र जेलेष्की विरुद्ध’ युद्ध लडिरहेका छन ।
चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर ग्वाटेमालामा क्रान्तीको कखरा पढेका, मेक्सिकोहुँदै क्यूवामा कम्युनिष्ट क्रान्ति सम्पन्न गरी बोलिभियामा गुरिल्ला युद्ध गर्ने क्रममा ९ अक्टोवर १९६७ मा चे ग्वेभाराको हत्या भएको थियो । कम्युनिजम शासन ब्यवस्थाकालागी अन्र्तराष्ट्रिय युद्ध लडेका चे ले प्रतिपादन गरेको गुरिल्ला युद्धकला पढेका र नेपाली भूमीमा प्रयोग गरेका डायमण्ड दाजुभाई अहिले रसियन आर्मीमा भर्ना भै रसियाले कब्जा गरेको युक्रेनको नोभोपोत्रोभिकको जापोरिज स्थित क्याम्पमा रहेर युद्ध लडिरहेका छन ।
आफुलाई चे को अनुयायी ठान्ने पूर्व माओवादी लडाकु डायमण्डले आफ्नो फेसवुक वालमा लेखेका छन, ‘युद्धको क्रममा हुने कतिपय सानातिना घट्नालाई आधार बनाएर सामाजिक संञ्जाल/मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवं तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेको प्रति कुनै पश्चाताप छ न आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ । आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तब्यहीन र अर्थहिन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाईला–पाईलामा चुनौति त छ तर हार कहिल्यै मानिदैन । गन्तब्यमा पुग्ने दृढ आत्मविश्वास यथावत छ ।’
अनमिन प्रमाणिकरणमा परेका माओवादी लडाकुहरु विक दाजुभाई ०६८ चैतमा सेना समायोजन छोडेर ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्केका थिए । त्यसपछि उनीहरु नेकपा माओवादीको वाईसिएलहुँदै माओवादी विघटनपछि वैद्य समुहहुँदै नेकपा विप्लव समुहमा पुगेका रमेश ०७१ सालमा नेकपा म्याग्दीको सेक्रेटरी बनेका थिए ।
लालबहादुर विक भने नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य थिए । सेना समायोजनपछि घर फर्केर केही बर्ष बैदेशिक रोजगारीको क्रममा जापान समेत पुगेका थिए । जापानबाट फर्केपछि अमेरिका जाने लहडमा लागेका लालबहादुरको ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा १० लाख रुपैयाँ फसेपछि परिवारमा मनमुटाव समेत भएको थियो । ऋणमा डुवेका लालबहादुर विरक्तिएर रसिया हानिएका हुन । अहिले लालबहादुरको उहीं रहेका रमेशसंग आकलझुक्कल बाहेक परिवारसँग सम्पर्कमा छैनन ।
रमेशको विवाह भुममिगत कालमै मंगला गापा, ५ अर्मनकी प्रेरणा सिर्पालीसँग जनवादी विवाह भएको हो । प्रेरणा र रमेश वसन्त स्मृती विग्रेडमा संगै कार्यरत थिए । प्रेरणा अहिले एक छोरा र एक छोरीसहित सदरमुकाम बेनीमा छोराछोरी पठाएर बस्छिन ।
रमेशका बाबुआमा भने बेनीकै न्यूरोडमा डेरामा बस्छन । बाबु सुकलाल मानसिक समस्याबाट पिडित छन । आमा गौरी कहिले श्रीमानसँग वस्छिन त कहिले माईला छोरासँग बस्छिन ।
रसिया–युक्रेन युद्धमा चिनियाँ पनि ?
रसियन सेनामा भर्ती भै युक्रेन विरुद्ध युद्ध लडिरहेका पूर्व माओवादी लडाकु रमेश विकले आफ्नो सामाजिक संञ्जाल फेसवुकमा पोष्ट गरे अनुसार रसियन सेनामा नेपाली मात्र होईन, माओत्सेतुङ्गको देश चिनियाँहरु समेत भर्ति भएका छन ।
रमेशले चिनियाँसहकर्मीसंगैको तस्विरसहित आफ्नो फेसवुक वालमा लेखेका छन, ‘….माओको देशबाट लेनिनको देशमा पुटिनको सिपाही बन्न आएका एक योद्धा लिउ साओ चाँगसँग एक क्लिक ।
रसिया–युक्रेन युद्धस्थलमा पनि नेपालको राजनितीको चर्चा
रमेशले रसियन सेनाका उत्तरपूर्वी सैन्य कमाण्डका राजनैतिक ब्यूरो प्रमुख अलेक्जेण्डर मार्टिनोभसँगको तस्वीर फेसवुक वालमा पोष्ट गर्दै नेपालको समसामयिक राजनिती, विश्व राजनिती र नेपालको अन्र्तराष्ट्रिय सम्बन्धहरुको बारेमा समय समयमा चर्चा हुने गरेको पनि उल्लेख गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
