- Loading...
फेसवुकभरी विकास, पहिलो लिफ्ट सिंचाई योजना भने अलपत्र
- पुनहिल डट कम
- १ साल अघि
- ४८७ पटक पढिएको

प्रधानमन्त्री (त्यसवेला पनि प्रधानमन्त्री) तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले प्रचण्डले मोवाईल एप थिचेर म्याग्दी खोलाको पानी लभ्लीहिलको डाँडाबाट सिंचाईको पानी खसालेको पनि ठ्याक्कै ६ वर्ष पुगेको छ
प्रम दहालले २०७५ साल पुस २९ गते म्याग्दी महोत्सव स्थल खुल्ला मञ्चबाटै जिल्लाको पहिलो बेनी–लभ्लीहिल–दारिमपाटा लिफ्ट सिंचाई योजना उद्घाटन गरेका थिए । बेनी नगरपालिका, २ ज्यामरुककोटका सिम्ले, दारिमपाटा र खवराका तरकारी पकेट क्षेत्रमा सिंचाई गर्न लिफ्ट सिंचाई योजना सुरु गरिएको थियो ।
अहिले म्याग्दीका केही फेसवुकका वालमा विकासका सूचि प्रकाशित भएका छन । तर बजेट पर्नु, बजेट अनुसार ठेक्का लाग्नु तर कहिल्यै योजना पुरा नभै अलपत्र पर्नु विच धेरै भिन्नता हुने कुरामा भने हेक्का गरेको पाईदैन । योजनामा बजेट राखिनुलाई नै विकास मान्नेहरुलाई सत्तासँग चाकडी गर्न अधुरो योजना उद्घाटन गराई अलपत्र छोडिएको बेनी लिफ्ट सिंचाई योजनाले भने कुरीकुरी गरेको भनी स्थानीयले चर्चा गर्ने गरेका छन ।
तीन पटकसम्म उद्घाटन गराईएको बेनी लिफ्ट सिंचाई योजना कृषकको वारीमा थोपा पानी नखसी लथालिङ्ग भएको छ । आयोजना आफैले रमिता देखाईरहेको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अर्न्तगत कृषी ज्ञान केन्द्र र समुदायको साझेदारीमा निर्माण गरिएको जिल्लाको पहिलो लिफ्ट प्रविधीको सिंचाई योजना अलपत्र पर्दा सरकारी बजेट १६ लाख ५० हजार मात्र खेर गएन कृषकको ६ लाख मुल्य बराबरको श्रमदान र नगद साझेदारीको ५ लाख रुपैया लगानी पनि डुबेको छ ।
‘वस्ती पुछारको खोलाको पानी माथी डाँडामा पुर्याएर खेतवारीमा १२ महिना सिंचाई गरौंला । हराभरा तरकारी बनाउँला भन्ने सपना उडायो सवै हावाले भने झै भयो’ तत्कालिन उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले भने, ‘जनताको हातमा फोका उठे, पाईप बोक्दा काँधका छाला खुईले । खल्तीबाट हालेको नगद पैसा पनि खेर गयो । कृषकलाई लोप्रो न बोक्रो भयो ।’
म्याग्दी नदीबाट २ सय ५० मिटर ठाडो उचाई (भर्टिकल हेड)मा ५ सय मिटर लामो पाईपबाट लभ्लीहिलसम्म प्रति सेकेण्ड ९ लिटर पानी १० मिटर गहिरो ५ मिटर फराकिलो पोखरीमा खसालिएको थियो । तर लभ्लीहिलबाट अर्को २० मिटर भर्टिकल हाईटमा ५ सय मिटर माथीको पिपलडाँडाको दोस्रो पोखरीमा पानी पुर्याउने लक्ष्य पुरा नहुँदै ०७५ सालमा अधकल्चो योजनालाई तीन महिनाको अन्तरमा तीन पटक उद्घाटन गराईएको थियो ।
योजना अपुरो भएपछि वडाले १ लाख ५० हजारको पोलिथिन पाईप, कृषकको ५ लाख र बेनी नगरपालिकाले ५ लाख साझेदारी गरी १० लाखमा दोस्रो खण्डको पोखरी, पम्पीङी सिस्टम, पाईप विच्छाउने समेतका काममा खर्च गरिएको थियो ।
‘लिफ्ट सिंचाईको दुई खण्ड मध्य पहिलो खण्ड निर्माण भएपछि उद्घाटन गरिएको हो । दोस्रो खण्ड पुरा नहुँदै म्याग्दी खोला किनारामा खनिएको इनारबाट पानीसँगै वालुवा आएन पोलिथिन पाईपले थेग्न नसकेर फुट्ने समस्या आएपछि योजना असफल भएको हो ।’ उपभोक्ता समितिका तत्कालिन अध्यक्ष कार्कीले भने, ‘जेनेरेटरहरु सुरक्षित छन ।इनार अर्को खन्ने र पोलिथिन पाईपको सट्टा जिआई पाईप राख्ने हो भने योजना पुनः चल्न सक्छ ।’
दोस्रो चरणको काम पुरा नहुँदै म्याग्दी खोला किनाराको इनारमा प्राविधिक त्रुटीले गर्दा वालुवा पसेको र वालुवाले गर्दा मोटर विग्रेको र सरोकारवालाले समयमै योजना मर्मत संभार नगर्दा योजना झन झन लथालिफ्ट बनेको हो । इनारमा जोडिएको जिएसएम स्वीचिङ डिभाईस (एप) सहित २० एच.पि. सि.आर.टी पम्प, कन्ट्रोल वक्स सवै चोरी भएका छन । पानी तान्ने इनारमा अज्ञात मान्छेहरुले ढुङगा हालिदिएका छन ।
‘जिल्लाको पहिलो लिफ्ट प्रविधीको सिंचाई योजना प्राविधिक त्रुटीको कारण प्रयोगमै नआई भताभुङ्ग भयो । अहिले पुनः डिपिआर बनाई रुपाताल जलाधार संरक्षण एकिकृत परियोजना पोखरामा पेश गरेका छौं’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘नगरपालिकाको श्रोतबाट मात्र यो योजना पुरा गर्न सकिने अवस्था छैन । संघ वा प्रदेश सरकारबाट बजेट सुनिश्चितता भए, यो सिंचाई योजना पुरा गर्छौ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
