- Loading...
अन्नपूूर्णकाे हिउँदे सभा सकियाे, तीन करोड ८१ लाखकाे थप बजेट अनुमाेदन
- पुनहिल डट कम
- १ साल अघि
- २९२ पटक पढिएको

म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाकाे शनिवार गाउँकार्यपालिकाकाे कार्यालय स्थित सभाहलमा हिउँदे सभा (१८ औ गाउँसभा) सम्पन्न भएकाे छ । सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि थप करिब रु चार करोड बजेट बिनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएकाे छ ।
पालिका उपाध्यक्ष दीवाकुमारी तिलिजाका अनुसार सभाले ७५ वटा योजनाका लागि थप तीन करोड ८१ लाख बजेट बिनियोजन गरेको हो । गत असारको गाउँसभाले पारित गरेको ५३ करोड ५४ लाख ४३ हजार ६०० मा याे बजेट थप हुने छ । त्यसैगरी सभाले ३० वटा योजनाको नाम संसोधन भएको छ । थप भएका बजेटबाट अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण सम्बन्धी योजनाका लागि प्राथमिकता राखिएकाे छ ।
त्यस्तै, एम्बुलेन्स खरिद गर्न १५ लाख, फोहोरमैला संकलन केन्द्र निर्माणका लागि १५ लाख, खोप्रा पदमार्ग बनाउन १६ लाख, प्रशासकीय भवनको जग्गा प्राप्तिका लागि थप २० लाख, कोशेली घर व्यवस्थापन संकलन तथा बिक्री केन्द्रलाई पाँच लाख, सुरक्षित मातृत्व आकस्मिक कोषमा दुई लाख बिनियोजन भएको छ । राम्चेको वडा कार्यालय भवनलाई पूर्णता दिन १५ लाख बिनियोजन भएको छ।
चालु अावमा ५३ करोड ५४ लाख ४३ हजार ६०० मध्य पछिल्लाे ६ महिनामा नौ करोड ६८ लाख ७० हजार ९४५ अर्थात १८ प्रतिशत मात्र खर्च भएको छ । खर्चमध्य पुँजीगत तर्फ ५दशमलव ८८ प्रतिशत मात्र खर्च गर्न सकेकाे छ । बाँकी सवै खर्च प्रशासनिक तर्फ भएकाे हाे । अावकाे पहिलाे ६ महिनामा एक करोड ४० लाख ६१ हजार ६१० राजस्व संकलन भएको पनि पालिकाले जनाएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
