- Loading...
धमाधम लोकल रक्सी बेच्न कानुन बनाउँदै गाउँपालिकाहरू
- पुनहिल डट कम
- १ साल अघि
- ३७५ पटक पढिएको

अहिले स्थानीय सरकार (पालिकाहरू) धमाधम हिउँदे अधिवेशन (नगर/पालिका सभा) गरिरहेका छन । र ति मध्य गण्डकी प्रदेशका केही गाउँपालिकाहरूले स्थानीय रक्सी (घरपालुवा रक्सी) बनाउने र वेच्ने कानुन बनाउन थालेपछि चर्चामा छन । चर्चा मात्रै छैन, कतिपय पालिकाहरूले कानुन नै बनाइसकेका छन् । म्याग्दीका कुनै पालिका भने चर्चामा छैनन ।
गोरखाको गण्डकी गाउँपालिका, कास्कीको माछापुच्छ्रे गाउँपालिका, बागलुङको बडिगाढ गाउँपालिका लगायतले कानुन बनाएका छन् । तर कार्यान्वयनमा गएको छैन । उनीहरूले घरेलु मदिराको उत्पादन, बजारीकरण र नियमनसम्मको व्यवस्था राखेर कानुन निर्माण गरेका हुन् ।
कास्कीकै रुपा गाउँपालिकाले पनि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कानुन सभामा पेस गरेको छ । रुपाको हिउँदे अधिवेशन चलिरहेको छ । यही सभाबाट स्थानीय मदिरा (लोकल रक्सी) वैधता दिई ब्रान्डिङ गर्ने कानुन पास गर्न लागिएको हो । नागरिकले परम्परागत रूपमा उत्पादन र प्रयोग गर्दै आएका कोदो मार्फत रक्सी बनाउने र त्यसको व्यावसायिक खपतको कानुनी मान्यता दिन नियम बनाइ सभामा निर्णयार्थ पेश गरिएकाे बताइएकाे छ ।
घरेलु मदिरालाई मापदण्डअनुसार उत्पादन गरी कानुनी मान्यता दिन सके गाउँपालिकाका बेरोजगार महिला तथा युवाको रोजगारीमा टेवा पुग्ने उनीहरूकाे दावी छ । ‘गाउँमा रक्सी बन्छ तर बेच्न पाइँदैन । कि प्रयोग गर्नै नपाउने गरी रोक्न सक्नुपर्यो । नत्र लुकिछिपी बेच्नु भन्दा कानुनी मान्यता दिन सके आम्दानी पनि हुन्छ,’ ती पालिकाले भनेका छन, ‘अब रोकेर सकिँदैन । बरु कानुनी मान्यता दिने हो ।’
उनले संघीय सरकारसँग समन्वय गरी स्थानीय मदिराको मापदण्ड र त्यसको गुणस्तर मापन गर्ने प्रयोगशाला समेत निर्माण गर्ने बताएका छन् । अहिलेसम्म संघ सरकारले घरेलु मदिरालाई वैध मानेको छैन । तर सर्वोच्च अदालतले घरायसी प्रयोजनका लागि (सांस्कृतिक मान्यता अनुसार) तथ्याङ्क नै तोकेर उत्पादनको बाटो खोलिदिएको छ । धेरैजसो जातीय समुदायमा घरेलु मदिरालाई सांस्कृतिक काममा अनिवार्य गरिएको छ ।
गण्डकी प्रदेशले पनि घरेलु मदिरा उत्पादन र बजारीकरणका लागि छुट्टै कानुनको मस्यौदा तयार गरिसकेको छ । तर संसद्मा पेस भएको छैन ।
‘मदिरा आफैमा राम्रो कुरा होइन । तर विदेशी रक्सी सहजै बिक्री हुने ठाउँमा परम्परादेखि विश्वास गरिएको घरेलु मदिरालाई पाखा लाउनु हुँदैन,’ एक पालिका अधयक्ष भन्छन, ‘यसले स्थानीय उत्पादनको प्रवर्द्धन पनि हुन्छ । गाउँमा रोजगारी पनि सिर्जना हुन्छ ।’ मदिराको गुणस्तर भने कायम गर्ने गरी नै उत्पादन गर्ने उनको प्रतिबद्धता छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
