- Loading...
मालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई
- पुनहिल डट कम
- १ साल अघि
- १८३ पटक पढिएको

गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले उचालेकाे छ ।
शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै किसानी माविले दाेस्राे वर्ष पनि उपाधी उचालेकाे हाे ।
आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले दाेस्राे र पाँच स्वर्ण ,६ रजत र ६ कास्य पदक जित्दै भिम मावि तेस्राे भएका छन ।।
प्रतियोगिताकाे विजेता किसानी माविले ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र,द्धितिय भएको जनप्रिय माविले ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारे । पालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्षमी घर्तिसमेतले पुरस्कार वितरण गरेका थिए ।
पालिकाका शिक्षा अधिकृत अशाेक रिजालका अनुुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए ।
तस्वीर ः करण कँडेल, किसानी मावि

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
