FLASH NEWS
  • Loading...

म्याग्दी जेसिजमा दिनेश बानियाँ

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०१ पटक पढिएको
म्याग्दी जेसिजमा दिनेश बानियाँ

म्याग्दी जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २०२४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित भएका छन।

अधिवेशनबाट कानूनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेश कुमार विश्वकर्मा मनोनित भएका छन । त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्ण प्रसाद पौडेल, महासचिवमा सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ति र शाखा सम्पादकमा अनिल पौडेल मनोनित भएकाे म्याग्दी जेसिजले जनाएकाे छ ।

त्यस्तै सहसचिवमा पवित्रा खत्री र सहकोषाध्यक्षमा नविन पौडेल मनोनित हुनुभएको छ । उपाध्यक्षहरुमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा निर्वाचित भएका छन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित