FLASH NEWS
  • Loading...

८४ औं जन्मदिनकाे अवसरमा विद्यालयलाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८७ पटक पढिएको
८४ औं जन्मदिनकाे अवसरमा विद्यालयलाई आर्थिक सहयोग

–साधन राम्जाली

मालिका गाउँपालिका–४,च्युरीबोट घर भई बेलायत बसाेबास गर्दै अाएकी घनमायाँ पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा परिवारले स्थानीय सिद्धार्थ विद्यालयलाई चार लाख आर्थिक सहयोग गरेकाे छ ।  घनमयाँ पुनले ८४ औं जन्मदिनको अवसरमा एक लाख रुपैयाँ, स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र स्वर्गीय छोरी चित्रा घर्ती मगरको स्मृतिमा ५० हजार रुपैयाँ गरी दुई लाख ५० हजार रुपैयाँ सहयाेग गरेकी हुन ।

त्यस्तै, अामाकाे ८४ औं जन्मदिन मनाउन पुख्याैली थलाे च्यूरीवाेट अएका छाेराहरू टार्जन, दुर्गाबहादुर र छाेरी रूपी दुराले छुट्टै ५०–५० हजारका दरले विद्यालयलाइ नगद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन,विद्यालयका प्रअ ललितबहादुर घर्ती मगरलाइ संयुक्त रूपमा हस्तान्त्रण गरेका हुन ।