- Loading...
प्राकृतिक स्रोत तथा वित्त आयोगले भन्यो, अन्नपूर्ण हिमालको विवरण अद्यावधी गर
- पुनहिल डट कम
- १ साल अघि
- ३७६ पटक पढिएको

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ८ हजारभन्दा अग्ला पर्वतारोहणको इतिहाँसमा जेठो हिमाल अन्नपूर्ण प्रथम हिमालको अभिलेख सच्याउन पर्यटन विभागलाई सुझाएको छ ।
गत मंसिर १२–१५ गतेसम्म अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने मुख्य मार्ग नर्थ वेस क्याम्प र सो हिमालको पहिलो आरोहण गर्दा प्रयोग भएको पदमार्ग (मौरिस हर्जोग ट्रेल)को स्थलगत अध्ययन भ्रमणगरी फर्केपछि आयोगको टोलीले राज्यको पर्यटन क्षेत्रको अभिलेख राख्ने निकाय पर्यटन विभागलाई अन्नपूर्ण हिमाल सम्बन्धी अभिलेख अध्यावधि गर्न पत्राचार गरी सुझाएको हो ।
‘पर्यटक र पर्यटनसंग सम्बन्धित सवै अभिलेख राख्ने काम पर्यटन विभागको हो । विभागले अन्नपूर्ण हिमालका धेरै श्रृखलाहरुलाई दुई तिर राखेको रहेछ । विभागले पर्यटनसंग सम्बन्धित विवरण अध्यावधी नगरी वित्त आयोगले सोझै रोयल्टी यताउता गर्न मिल्दैन । हामीले स्थलगत अध्ययनमा भेटेका कुरा पर्यटन विभागलाई तथ्याङक अध्यावधि गर्न लेखी पठाएका छौं’ वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले भने, ‘जनगणना ०७८ को आधारमा प्रभावित जनसंख्या र गाउँपालिकाको आधारमा आगामी आगामी आव देखी रोयल्टी बाँडफाँडमा फेरवदल हुन सक्छ ।’
गुरुङले थपे, ‘मिस्त्रीखोला किनारै किनार उक्लेको हिस्टोरिकल मौरिस हर्जोग ट्रेल र अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प साउथभन्दा वास्तवमै युनिक रहेछ । राज्यको पोलिसी लेवलमा बस्ने मान्छेहरु नर्थ एविसीबारे जानकार नहुँदा अद्भुत गन्तब्य ओझेलमा परेको रहेछ ।’
अन्नपूर्ण प्रथम (८ हजार ९१ मि.) हिमाल भौगोलिक रुपमा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने, हिमालको प्रथम आरोहणदेखी आजसम्म यही पदमार्गहुँदै अन्नपूर्ण नर्थ वेस क्याम्पबाट मात्र अन्नपूर्ण प्रथम हिमाल आरोहण भैरहेको भन्दै गाउँपालिकाले रोयल्टी दस्तुरमा पनि दावी गरेको थियो ।
आयोगले हिमाल लगाएत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुर (रोयल्टी) तीन तहका सरकारलाई बाँडफाँग गर्दै आएको छ ।
स्थानीय अन्नपूर्ण गाउँपालिकाले लिखित रुपमा हिमाल र पर्वतारोहण रोयल्टीमा दावी गरेपछि गत मंसिर १२–१५ गतेसम्म राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्ध गुरुङ, पूर्व मुख्य सचिव सोमलाल सुवेदी समेतको टोलीले अन्नपूर्ण प्रथम आरोही मौरिस हर्जोगले प्रयोग गरेको पदमार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्पको स्थलगत अध्ययन गरेका थिए ।
कात्तिक १४ गते युएनडिपी समेतको चाँजोपाँजोमा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाली सेनाको हेलिकोप्टरमा अन्नपूर्ण हिमालको दक्षिण पाखोमा पुर्याएकोमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विरोध जनाउँदै अन्नपूर्ण प्रथम हिमालको अवस्थिती र सन् १९५० जुनदेखी निरन्तर प्रयोगमा रहेको पदमार्गको आधिकारिकता टुङ्गो लगाई दिन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गुहारेको थियो । सन् १९५० जुन ३ तारेखमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा संसारका ८ हजार मिटर अग्ला हिमालमध्य अन्नपूर्ण प्रथममा मानव पाईला परेकोले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ ।
‘पर्यटन र पर्यटकको अभिलेख राख्ने पर्यटन विभागले त्रुटीपूर्ण आधारमा अन्नपूर्ण प्रथम हिमाल र पर्वतारोहण मार्ग कास्कीको घान्द्रुक क्षेत्रलाई तोकेको कारण ८ हजार मिटर अग्ला पर्वतारोहण इतिहाँसमा जेठो हिमाल अन्नपूर्ण प्रथम हिमाल अवस्थित स्थानीय तहले पर्वतारोहण रोयल्टीबाट बन्चित भएका छौं’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘हामीले पर्यटन रोयल्टीमा दावी मात्र गरेका हैनौं । पर्वतारोहणको इतिहाँस बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रर्यटन विभागमा रहेको त्रुटीपूर्ण अभिलेख सच्याउन चाहेका हौं । राज्यले सही सूचना दिनु पर्छ । अहिले गलत भैरहेको छ ।’
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य रहेका पर्यटनविद जुद्ध जुरुङ्का अनुसार मौरिस हर्जोग पदमार्गका विशेषताहरु ः १, संसारको सर्वाधिक गहिरो अन्धगल्छी (तातोपानी)बाट संसारको दशौं अग्लो अन्नपूर्ण प्रथम हिमाल पुग्न सकिने । २, अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौसिर हर्जोग पदमार्ग हिस्टोरिकल ट्रेल हो । ३, पदमार्गको आधाबाटो गाडीमा पुग्न सकिने र बाँकी भागमा सहज पदमार्ग बनेको छ । ४, मिस्त्रीखोलाको किनारै किनार पदमार्ग रहेकोले खोलाले बनाएका अनेकौं कलाकृती, आकृति र सुन्दर झरनाहरु देख्न सकिन्छ । ५, पदमार्गमा लोपोन्मुख संसारकै सानो प्रजातिका गुराँस (फुच्चे गुराँस) पाईन्छ । ६, नर्थ वेस क्याम्पमा रहेको ठूलो हिमतालमा समर सिजनमा बोटिङ र वन्टर सिजनमा स्केटिङ गराउन संभावना छ ।
मौरिस हर्जोग पदमार्गका कमजोर पक्ष ः १, पदमार्ग र वेस क्याम्पमा होटल, टि हाउस, खानेपानी तथा शौचालय समेतका आधारभुत सुविधा छैन । २, राज्यको पोलिसी लेवल अन्नपूर्ण नर्थ वेस क्याम्प बारे बेखवर छ । ३, स्थानीयवासी, स्थानीय पालिका र स्थानिय पत्रकारहरुको वलले मात्र अन्नपूर्ण नर्थ वेस क्याम्प र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार पुग्दैन । ४, टुरिष्ट ल्याउने एक्टरहरु नै नलागी यस क्षेत्रको पर्यटन प्रर्वद्धन नहुने देखिन्छ । ५, पर्वतारोहण इतिहाँसमा जेठो हिमाल भएपनि माउन्टेरिङ कोर्षमा यो ओझेलमा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
