- Loading...
आमाबाबुको सम्झनामा एक करोड राशीको ‘कविराज–कलमती स्मृति’अक्षय कोष स्थापना
- पुनहिल डट कम
- १ साल अघि
- २२८३ पटक पढिएको

जिल्लाको अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्यौली थलो भै हाल पोखरामा बस्दै आएका सुवेदार मेजर डिल्लीराज गर्वुजा, बेलायतमा बसोबास गर्ने भाई क्याप्टेन उमेश र दानबहादुर गर्वुजाले स्व. बाबु कविराज र स्व. आमा कलमति गर्वुजाको स्मृतिमा एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छन ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट अन्नपूर्ण गापा, ५ सावि शिख गाविसका शिख, किन्दु, फलाटे, स्वाँता क्षेत्रमा शिक्षा, कृषी, खेलकुद, पशिुपालन क्षेत्रमा उत्कृष्ट योगदान दिएका ब्यक्तिलाई हौसला बढाउन पुरस्कृति गरिने भएको कोषका स्थापक डिल्लीराज गर्वुजाले बताए ।
‘कविराज–कलमती स्मृति अक्षय कोष’ को ब्याजबाट प्राप्त ४ लाख मध्यबाट पहिलो वर्ष शिक्षा तर्फ शिख माविबाट गत एसइइ उत्कृष्ट रेश्मा बि.क.लाइ रु.१५ हजार र कक्षा १२ उत्कृष्ट दृष्टी पुर्जालाइ नगद १५ हजार प्रदान गरिएकाे छ । अक्षय काेषकाे पुरस्कार वितरण गर्न गर्वजा परिवार गत हप्ता शिख अाएकाे हाे ।
त्यसैगरी कृषि तर्फ सबैभन्दा बढी आलु उत्पादन गरेका तल्लो शिखकी नरमति तिलिजा पुन, उपल्लो शिखका गंगालाल तिलिजा, फलाटेका चन्द्र बहादिर फगामी, स्वांतका नरजित तिलिजा र किन्दुका चन्द्र बहादुर सुनारलाइ जनही १५–१५ हजारकाे दरले पुरस्कृत गरियाे । पशुपालनमा (बाख्रापालन) शिखका तेसराम पुर्जालाइ , तरकारी तर्फ सागकाे वीउ उत्पादनमा कुटुकाका यामबहादुर गर्वुजा र फलाटेकी अंकु पुर्जा र माछा पालनमा स्वाँताका गाेविन पुर्जालाइ जनही १५–१५ हजार नगद रूपैयाँले पुरस्कृत गरिएकाे थियाे ।
त्यस्तै, खेलकुद तर्फ १८ बर्षमुनीका खेलाडीहरू क्रमश ः सुजन पिरयार (तल्लाे शिख), हेमन परियार (उपल्लाे शिख), सुदिप बरूवाल (उपल्लाे शिख), अर्जुन सुनार (किन्दु) र विन राना टिम काेचलाइ जनही ५–५ हजार र महिला भलिवलकी हेमा पुन (शिख)लाइ पनि ५ हजार नगदसहिद पुरस्कृत गरिएकाे शिखका शिक्षक खेम पुनले बताए । साेही अवसरमा ४ परिवारलाइ सुधारिएकाे चुल्हाे तथा शिख माध्यामिक विद्यालयका विद्यकाथीलाइर कापी, कलम, खेलकुद समाग्री तथा गत वर्ष राष्ट्रपति शिल्ड प्रतियाेगितामा ब्यक्तिगत तथा सामुहिक दुवै तर्फ विजयी खेलाडीलाइ पनि छुट्टै पहिलाे, दाेस्राे र तेस्राे हुने २७ जनालाइ प्राेत्साहन स्वरूप ३ हजार, दुइ हजार र १ हजार नगद प्रदान गरिएकाे थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
