- Loading...
सरसफाईको संस्कार सिक्ने पाठशाला बन्दै विरेन्द्रचोक
- पुनहिल डट कम
- १ साल अघि
- २६६ पटक पढिएको

परम्परादेखी नै झुपडी देखी महलसम्म हरेक दिन दैलो कुचो गरिन्छ । दैलो भन्दा पर गेटबाहिर कुचो लगाउने वानी विकास भएको छैन । संस्कार घर, परिवार र समाजले बसाउने कुरा हो । ठूला महलमा बस्ने र घर भित्रको फोहोर सडकमा फालेर सुसंस्कृत शहरीया कहलिने संस्कारमा हुर्केका मान्छेका लागी म्याग्दी सदरमुकम बेनीको विरेन्द्रचोक टोल सुधार समिति गज्जवको पाठशाला हो ।
विरेन्द्रको शालिक ढलेपनि ठाउँको नाउ ढलेको छैन । विरेन्द्रचोकबासी विहानै हात–हातमा कुचो, डस्वीन र बोरा बोकेका एक हुल मान्छेहरु घर, पिंढी, आगन, सडक, नालीबाट चौतारी सफा गर्दै तल म्याग्दीखोलाको किनारासम्मै पुग्छन । चोकमा पुरानो चौतारी छ । चौतारीमा दैनिक ५ सयबढी मान्छेले आराम गर्छन । डोके ब्यापारीले यहीं बसेर ब्यापार गर्छन । रुखबाट दिन दिनै पात झर्छन । तर पनि विरेन्द्रचोक सँधै चिटिक्क ।
‘शहरका हरेक घरले भित्रको फोहोर सडकमा नफाल्ने, दैनिक ५–१० मिनेट आफ्नो आगन बाहेक सडक सफा गरे टोल मात्र होईन पुरै सहर सफा राख्न संभव छ’ विरेन्द्रचोक टोलसुधार समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले भने, ‘टोल र सडक सफा देखेपछि अन्य मान्छेले पनि फोहोर फाल्न आँट नगर्ने रहेछन ।’
विरेन्द्रचोकका चौतारी र पर्खालका भित्ताहरु रङ्गाईएका छन । भित्ताभरी चिटिक्क सजाइएको गमलामा ढकमक्क फुल फुलेका छन । विरेन्द्रचोकका एउटा भित्तामा चर्चित गीत बेनीको बजार र त्यस गीतका गायक तथा सर्जक मनमायाँ छन्त्याल र टिकाबहादुर श्रेष्ठ दम्पत्तिको चित्र कोरिएको छ ।
यही टोलमा छ, जिल्ला न्यायाधिश, सिडिओ र समवन्यय अधिकारीको कार्यालय र आवास पनि । कार्यालय/आवासको दैलो अगाडी छिमेकीले कुचो लगाएको देखेपछि यी हाकिम आफै झर्दैनन लाजैले कर्मचारी पठाउँछन, कहिले काहीँ ।
त्यतिमात्र होईन, बेनीको विरेन्द्रचोक टोलमा नयाँ थपिने हरेक सदस्य र डेरावाल सदस्यलाई फुलमालाले स्वागत गरिन्छ । घर/डोरा छोडेर जाने सदस्यलाई जहाँ गएपनि आफु वस्ने टोल, विछेमका सरसफाईको संस्कार नछोड्ने शुभकामनासहित खादा ओढाएर विदाई गर्ने चलन छ । चौतारीमा सार्वजनिक खानेपानी सुविधा राखेको छ । खानेपानीकालागी एक हजार लिटर पानी अट्ने स्टीलको पानी ट्याङ्ढी छ । ट्याङ्ढकीमा जोडिएको युरोगार्ड मेसिनबाट शुद्ध, गुणस्तरीय पिउने पानी २४ घन्टा उपलब्ध छ । दैनिक सयौं बटुवाले यहींको शुद्ध पानी पिउन पाएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
