- Loading...
अन्नपूर्ण गाउँपालिकाले दुर्गमका वडामै पुगेर योजना सम्झौता गर्दै
- पुनहिल डट कम
- १ साल अघि
- ३४४ पटक पढिएको

अन्नपूर्ण गाउँपालिकाले दुर्गम र टाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ ।
चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दीवा तिलिजाका अनुसार उपभोक्ता समितिसँग योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु वडामा पुगेर याेजना सम्झाैता, बैंक खता संञ्चालन गराइएकाे थियाे । पालिकाले सवैभन्दा टाढाका ८ नम्बर वडा रहेकाे राम्चेबाट सेवा सुरू गरेकाे छ ।
वडा मै याेजना सम्झाैता तथा बैंककाे खाता खाेल्ने समेतका सुविधा पुग्दा अार्थिक तथा समयकाे समेत बचत भएकाे भन्दै उपभाेक्ता खुसी भएका छन ।
उपभाेक्ता फासबहादुर गर्वुजाले सामाजिक संञ्जाल फेसवुकमा स्टाटस लेखेर भनेका छन, पालिकाबाट गाउँमै अाएर गरिएकाे घुम्ती शिविरबाट साँच्चै सिंहदरवारकाे सेवा गाउँमै अाएकाे महसुस भयाे । उपभाेक्ताले धेरै सुविस्ता पाएका छन ।
योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नु पर्ने थियो ।
गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली योजना सम्झौता शिविर लिएर आइतबार वडा नम्बर ८ राम्चे पुगेको थियाे। वडामा पुगेको पालिकाको टोलीले उपभोक्तलाई योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापन सम्बन्धी तालिम पनि दिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
