- Loading...
चौथो बेनी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- पुनहिल डट कम
- १ साल अघि
- २३८ पटक पढिएको

|उद्घाटन कार्यक्रम
म्याग्दी सदरमुकाम बेनीमा चौथो बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियाेगिताकाे विहिवार बेनी खुल्ला मञ्चमा एक समाराेह विच प्रतिनिधी सभा सदस्य खमबहादुर गवुर्जाले उद्घाटन गरे ।
विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता रहेपनी छात्रा भन्दा छात्रहरूकाे सहभागीता बढी छन । छात्रा भलिवलमा सहभागिता न्यून छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने अायाेजक बेनी नगरपालिकाले जनाएकाे छ । त्यस्तै, प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६÷६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ । एथलेटिक्सतर्फ २५र कँरातेमा ४ विद्यालयले सहभागीता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १०र छात्रा ४ विद्यालय, उस्सु खेतमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागीता जनाएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
