- बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण |
- अन्नपूर्ण प्रथम आरोहणकाे ७५ वर्ष पुरा, हिरक महोत्सव मनाईदै |
- मनसुन के हाे ? कहिले शुरू हुन्छ ? सुरक्षा तयारी के छ ? |
- उ बेलाकाे म्याग्दी, सूचना प्रविधी र म्याग्दी क्याम्पस |
- कुमारी सहकारी हिनामिनाका अभियुक्त मंगला–३ का वडाध्यक्ष तथा माअाेवादी नेता याम रोका तीन महिनादेखि फरार |
बालाचतुर्दशी गलेश्वरमा ६ लाख भेटि संकलन
- पुनहिल डट कम
- १ साल अघि
- ३६८ पटक पढिएको

बालाचतुर्दशी धार्मिक मेला भर्न अाएका तिर्थालुबाट बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा एकै दिन ६ लाख रुपैयाँ भेटी संकलन भएको छ ।
सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले बताइन ।
गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट ५० हजार भन्दा बढी भक्तजनाहरु अाएकाे गलेश्वर क्षेत्र विकास काेषकाे अनुमान छ ।
कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मन्दिरमा लाग्ने ठुलो पर्व बालाचुर्दशी पर्व हो । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि गलेश्वरमा आएका भक्तजनहरुले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, भोगटे, कागती लगायतका सात भन्दा माथि प्रकारका बीउ छर्ने गर्छन् ।