- Loading...
‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले उ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन’ ओली
- पुनहिल डट कम
- १ साल अघि
- १२७ पटक पढिएको

‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् ।
‘यो सरकार लाज पचाएको लुते सरकार हो’ ओलीले भने ‘नैतिकता नभएर कुर्सिमा बसेका छन्, नत्र राजीनामा गरेर हिँड्नुपर्ने हो ।’ उनले वर्तमान सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै देशको अर्थतन्त्र धारासाही बनाएको आरोप समेत लगाए । पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको उनले बताए ।
‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।
फरक प्रसंगमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए । ‘ऋणी भएनन्, बचतकर्ता भएनन् भने तिम्रा बैंक बन्द हुन्छन्,’ उनले भने, ‘चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर ।’
मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबीसमेत गरे । बिहीबार बागलुङको गलकोट, घोडाबाँधे र बागलुङ बजारमा एमालेले जनभेटघाट र सभासमेत गरेको थियो । अभियानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत सहभागी छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
