- Loading...
‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’ अध्यक्ष अाेली
- पुनहिल डट कम
- १ साल अघि
- २१४ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश कमजोर अवस्थामा रहेको बताए ।
‘अर्थतन्त्र ध्वस्त भइरहेकोले अहिले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन राष्ट्र ऋण उठाउनुपर्ने अवस्था देशमा आएको छ । रोजगारीका अवसरहरु गुमेकाले, उद्योगधन्दा बन्द हुँदै गएकाले, नयाँ उद्योग नखुलेकोले देश अत्यन्त अप्ठ्यारो अवस्थामा छु, उनले भने, ुहामी व्यापार घाटामा छौं । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौं । देशमा भ्रष्टाचार व्याप्त छ । कमिसनतन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरुलाई फेर्न अब हामीले ढिलो गर्नु हुँदैन ।’
उनले एमालेलाई सरकारबाट हटाएर देशलाई यो दुर्दशामा पुर्याइएको भन्दै एमालेबाहेक अरुले यो देश बनाउन नसक्ने दाबी गरे । ‘सरकारबाट एमाले बाहिर भयो भने २ वर्षभित्र देश कंगाल हुँदोरहेछ । देश बर्बाद हुँदैछ । त्यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिन्छ’ उनले भने ।
अध्यक्ष ओलीले भूकम्पपीडितका लागि सरकारबाट पर्याप्त काम नभएको समेत आरोप लगाए । ‘हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीतितहरुको सकेसम्म छिटो व्यवस्थापन गरियोस्, पुनर्निर्माण गर्ने र उहाँहरुलाई पुनस् बसोबास गराउने काम अविलम्ब सरकारले गरोस्’, उनले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
