- Loading...
दुध वेचेर मासिक २ लाख खुद कमाई
- पुनहिल डट कम
- १ साल अघि
- २६५ पटक पढिएको

रोजगारी र अवसर खोज्दै दैनिक हजारौं युवा विदेश पलाएन भैरहेका बेला यहाँका एक कृषकले भने भैसीको दुध वेचेर मासिक २ लाखबढी बचत गर्छन भन्दा धेरैले नपत्याउन सक्छन ।
बेनी नगरपालिका, ७ टुनीखर्कका कृष्णप्रसाद शर्मा (४२)ले भैसीको दुध वेचेर मासिक ३ लाखबढी कमाउँछन, २ लाख बचाउँछन । शर्माको ‘शर्मा कृषी तथा पशुपंक्षी फार्म (गोठ)मा मुर्रा र मुर्राक्रस गरी २० वटा भैसी छन । ११ वटा दुहुना र ९ वटा ब्याउने छन । शर्माले दैनिक एक सय ५० लिटर दुध बेनीको धौलागिरी डेरीमा प्रतिलिटर एक सय २० रुपैयाँमा वेच्ने गरेका छन । शर्माको फार्ममा जग्गा, गोठ, भैसी समेतमा भएको २ करोडबढी लगानी उठिसक्यो । अहिलेको बचत खुद नाफा हो ।
‘भैसी पालनबाट सन्तुष्ट छु । सुरुका बर्ष केही दुख र लगानी मात्र गर्नु परेपनि अव आम्दानी सुरु भएको छ । दुध बेचेर मात्र अहिले मासिक २ लाखबढी खुद आम्दानी हुन्छ’ शर्मा कृषी तथा पशुपंक्षी फार्म भैसी पालक कृषक कृष्णप्रसाद शर्माले भने, ‘विदेशमा दुख गर्नु परेको छैन । घरमै बसेर आफ्नै ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिएको छ । कम्तीमा ६ जनालाई रोजगारी सृजना गरेको छु ।’
शर्माले दुध वेचेर दैनिक १८ हजार र मासिक ५ लाख ४० हजारबढी आम्दानी गर्छन । एक जना गोठ/भैसी हेरालुलाई मासिक ४५ हजार, छुट्टै १०–१० हजार मासिक दुई जना घाँस काट्नेलाई दिन्छन । अरु दुई लाखबढी भैसीको घाँस, दाना र दुध ढुवानीमा खर्च हुन्छ । सवै खर्च कटाएर मासिक दुई लाख बढी खुद आम्दानी गर्दै आएका छन ।
९ बर्ष मलेशियामा मजदुरी गरी फर्केका कृष्ण शर्माले ०७६ सालदेखी भैसी पालन ब्यवसाय सुरु गरेका हुन । विदेशमा पाएको सास्तीले स्वदेशमै श्रम गर्न सिकाएको बताउने शर्माको फार्ममा अहिले ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । गोठको स्याहर गर्ने मुख्य हेरालुलाई खाना, वस्न र संञ्चारसुविधासहित मासिक ३० हजारदेखी ४५ हजारसम्म तलव दिने गरेका छन । घाँस काट्ने दुई जनालाई जनही १०–१० हजार पारिश्रमिक दिएका छन ।
त्यसैगरी बेनी नगरपालिका, ६ बास्कोटका दुर्गा पौडेलले पनि दुध वेचेर राम्रो आम्दानी गर्दै आएका छन । २६ बर्षदेखी भैसी पालन गर्दै आएका पौडेलको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैसी छन । पौडेलले दैनिक दुई सय लिटर दुध बेचेर मासिक ६ लाखबढी कमाउँछन् ।
बेनीको एक निजी विद्यालयको कार्यालय सहयोगी जागिर छोडेर २६ बर्ष अघि एउटा भैसीबाट सुरु गरेको पौडेलको ‘वरदान पशुपंक्षी फार्म’ अहिलेसम्म गरेको डेढ करोडबढी लगानी राज्यले दिने विभिन्न अनुदान र दुध विक्रिबाट उठिसकेको छ । अहिले फार्ममा भैसीलाई घाँस, दानापानी र मजदुरको ज्याला बाहेक अन्य ठूलो लगानी हुने खर्च छैन ।
‘अहिलेसम्मको आम्दानी सवै लगानी भएको छ । गोठ समेतका संरचना बनेका छन । ऋण लागेको छैन । अव भनेको आम्दानी खाने समय सुरु भएको छ’ अगुवा कृषक पौडेलले भने, ‘मासिक राम्रो आम्दानी त छ तर पशुपालन ब्यवसाय साहृै दुखजिलो छ । विहान ३ बजे उठेर साँझसम्मै खट्नु पर्छ । गाईभैसीले नेतागिरी गर्ने, मेलाजात्रा र चाडपर्वमा रमाउनेलाई मन पराउँदैनन । त्यसो गरे दैलोको गोठ र वारीमै पैसा फल्छ ।’ पौडेलले थपे, ‘हाम्रा अधिकांश दुध उत्पादक कृषकले दुहुना गाईभैसीको अनुपात मिलाउने गर्दैनन । भैसी लैनो हुँदा धेरै दुध र थाकेपछि दुध वेच्न छोड्ने गर्दा ब्यवसायले निरन्तर गर्न सकेनन ।’
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लामा ६ हजार ३ सय ८२ दुधालु गाई र ४ हजार ९ सय २० भैसीबाट ५ हजार ६ सय ६१ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । गाईमा फैलिएको लम्पीस्किन रोगको कारण यस वर्ष गाईको दुधको २० मेट्रिक टनबढी उत्पादनमा कमी आएको छ ।
‘हामीले फर्म दर्ता नगर्ने भएकोले ब्यवसायीक दुध उत्पादन गर्ने फर्मको विवरण हामीसँग छैन तर जिल्लाका सवै पालिकाले संकलन गरेको दुध उत्पादनसम्बन्धी विवरण अनुसार ५ हजार ६ सय ६१ मेट्रिक टन दुध उत्पादन हुन्छ । उत्पादित दुधको ठूलो हिस्सा सदरमुकाम क्षेत्रमा बढी खपत हुन्छ’ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका नायव पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले भने, ‘जनसंख्याको अनुपातमा हेर्दा दुधको उपलब्धता जिल्लामा न्यून छ । उत्पादित दुधको सामान्यतया दुध, दहीको रुपमा उपयोग बढी छ । छिटपुट रुपमा पनिर बन्ने गरेको छ । पर्यटकीय क्षेत्रमा गाईको दुधबाट चीज उत्पादन हुने गरेकोमा कोरोनामहामारी यता चीज उद्योग पनि बन्द छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
