- Loading...
सिमेन्टले खाँदै ढुङ्गेघरको पहिचान
- पुनहिल डट कम
- १ साल अघि
- २५१ पटक पढिएको

सीपालु हातले चिटिक्क कुँदेका ढुङ्गाको पर्खाल, माटोले पोतेको, ढङ्गे छपनीको छानो । दायाँ–बायाँ र अगाडी पाली राखेका घर । पाली वारेर बनाईएको कौसी (कोठी) । फुलवुट्टे आँखी झ्याल, पालीमाथी लस्करै राखिएका फर्सी वा निगालाका सिटा । पालीका डिलमा लस्करै राखेका थाम । घरको छानामुनी वरपर राम्ररी कुँदेका काटका टोक्कल, टोक्कलमा झुण्डाएका मकैका झोता । यो हो, एउटा परम्परागत मौलिकता घर ।
गुजुमुञ्च परेका परम्परागत शैलीका ढुङ्गेघरहरु, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला गाउँले वस्ती । पहाडका वल्लो–पल्लो वस्ती समेटेर गाउँका विचमा परैवाट ठ्याक्कै चिन्न सकिने लामा–लामा ढुङ्गा, माटो, काठ र स्लेट ढुङ्गाकै छाना राखेर बनाईउका परम्परागत स्कुलका भवव । केही वर्षअघिसम्म गाउँ छिरेपछि नयाँ ब्यक्तिले सहजै विद्यालय पत्ता लगाउँथे तर अव त्यो संभव रहेन ।
सहरबाट माथी माथी कुना कन्दराका वस्ती छिरेका सडकले परम्परागत मौलिकतामा अतिक्रमण सुरु गरेको छ । मोटर बाटोको सुगमतासँगै गाउँ भित्रिएको सिमेन्टले परम्परागत ढुङ्गेघरलाई खप्लक्क खान थालेको छ । जहाँ सडक त्यहाँ आरसिसी भवन र घरहरु बन्न थालेका छन । परम्परागत शैलीका स्कुल भवनहरु धमाधम भत्किदैछन, नयाँ आरसिसि भवन बन्ने होडबाजी चल्न थालेको छ । शहरी क्षेत्रमा मात्र होईन सडकसँगै रड, सिमेन्ट म्याग्दीका गाउँ छिरेपछि विद्यालयहरुको स्वरुप (मुहार) फेरिन थालेका छन ।
‘हामीले पढेका हाम्रा परम्परागत शैलीमा निर्मित विद्यालय भवनहरु भत्काएर आधुनिक आरसिसि बनाउने लहर नै चलेको छ । हामीले आरसिसि भवन बनाउन परम्परागत भवन भत्काएसँगै नेपाली समाजका मुल्यमान्यता, जीवन शैलीमा परिवर्तन ल्याएको छ’ म्याग्दी बहुमुखी क्याम्पस प्रमुख समेत रहेका समाजशास्त्री गोरखबहादुर जिसीले भने, ‘विद्यालय समाजमा चेतना फैलाउने माध्यम हुन । अहिले विद्यालयको भौतिक स्वरुप मात्र फेरिएका छैनन, विद्यार्थीको खाजा फेरिएको छ । प्रविधी भित्रिएको छ । र समग्रमा नेपाली समाजको मुल्यमान्यता फेरिदै गएको छ ।’
जिल्लाका जिल्लाका ७२ वटा सामुदायीक माध्यामिक विद्यालयहरुमध्य मोटरबाटो पुगेका प्रायःसवै गाउँका विद्यालयको परमपरागत भौतिक स्वरुप फेरिएका छन । नयाँ स्वरुपका आरसिसि भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तरमा कति परिवर्तन ल्यायो, कतै अध्ययन भएको पाईदैन । तर पुराना भवन भत्काएर नयाँ बनाउने होडबाजी भने तिव्र छ । अहिले पनि जिल्लाका आधा दर्जन विद्यालयले आरसिसि भवन निर्माण गरिरहेका छन ।
म्याग्दीका गाउँमा रहेका विद्यालयमा भवन मात्र फेरिएका छैनन, लिथोबाट प्रश्नपत्र बनाउने वा कार्वनकपी राखेर चिठी लेख्ने चलन पुरै हराएको छ । हेडसरको टेवुलमा ल्यापटप र कार्यालयमा कम्प्युटर, प्रिन्टर अनिवार्य झै भएका छन । अधिकांश विद्यालयमा इन्टरनेट जोडिएका छन ।
‘हिमाली भेगमा परम्परागत ढुङ्गेघरहरु न्यानो र स्वास्थ्यवर्तक हुने भएपनि सजिलो र कम लागतमा निर्माण हुने भएकोले आरसिसि भवन बनाउन विद्यालयहरु विच एक खालको होडबाजी नै चलेको छ’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘स्थानीय सामाग्री जुटाएर विद्यालय बनाउनु भन्दा आरसिसि भवन सजिलो र सानो ठाउँमा तल्ला थपेर बनाउन सकिने भएकोले सवै आर्कषित भएका हुन सक्छन ।’ प्रमुख थापाले थपे, ‘नयाँ स्वरुपका भवन हेर्दा राम्रो देखिएपनि परम्परागत विद्यालय भवनका पहिचान भने मेटिदिएको छ ।’
आरसिसि प्रविधीका भवनले विद्यालयको स्वरुप मात्र होईन, ग्रामिण वस्तीमा ढुङ्गेघर विस्थापित गरी रड, सिमेन्ट, गिटीवालुवाको आरसिसि भवन बनाउने होड चलेको छ । रड, सिमेन्टको ढुवानी सहज हुनु र जंगलबाट काठ बोकेर ल्याई घर बनाउनु भन्दा आरसिसि घर धेरै सस्तो पर्ने भएकोले परम्परागत ढुङ्गे घरको सट्टा आरसिसि घर तर्फ उपभोक्ता आर्कषित छन ।
सामुदायीक वन संरक्षण भएपछि घर बनाउन प्रयोग हुने वलिया जातका काठ पाईदैन । वन समितिलाई शुल्क तिरेर टाढाको जंगलबाट घर बनाउने निदल, सुना, खावो, धुरीवलो, पेटीवलो, कैची, चौकोस समेतका दारपात जम्मा गर्न महंगो पर्यो । काठको जोहो गरेर मात्र भएन घर छाउने छाईढुङ्गा निकाल्ने सिपालु पाईदैनन, ढुङ्गाखानी पनि पर छ, वन समितिलाइ सुल्क तिर्नु पर्ने हुँदा स्थानीय परम्परागत ढुङ्गे घरमा भन्दा आरसिसि घर तर्फ आर्कर्षित छन ।
‘पुरानो पुस्ता अस्ताउँदै जाने र तन्नेरीहरु सवै विदेश जाने चलन बढेपछि रैथाने सीप र ज्ञान हराउँदै गएको छ । घर बनाउने सिपालु (सिकर्मी) र छाईढुङ्गा निकाल्ने ढुङ्गे सिपालु नै पाईन छोडे’ अन्नपूर्ण गापा, ४ गाडपारका ७६ बर्षिय भीमबहादुर तिलिजाले भने, ‘विदेशमा कमाएको पैसाले पुरानो शैलीको ढुङ्गेघर भन्दा सिमेन्टको घर बनाउने लहर छ । छोरीवुहारीलाई न घर लिपपोत गर्ने झन्झट न ढुङ्गा, दारपात ब्यवस्थापन गर्न हैरान ।’
३५ बर्षसम्म घर बनाउने सिपालु (सिकर्मी)को काम गरेका तिलिजाले थपे, ‘सडक पुगेपछी दैलोमै रड, सिमेन्ट आउँछ, बगरको वारी खोस्रो बालुवा र गिटी आउने भएपछि सवैले सिमेन्टको घर बनाउन थालेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
