- Loading...
के हो हनी ट्रयाप ?
- पुनहिल डट कम
- १ साल अघि
- ३६८ पटक पढिएको

अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो छ ।
प्रहरीहरुले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरु संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेकोे पाइन्छ । त्यस्तै गरी राजनीतिज्ञहरुले आफ््नो स्वार्थ अनुरुपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ ।
हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रविधि बढेको छ । कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।
अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्यरुपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरुप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिकरुपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरु उनीहरुको छनोटमा पर्दछन् । यी कार्य गर्नको लागि केवल एकमात्र व्यक्ति नभई विभिन्न थरीका व्यक्तिहरुको मिलेमतो रहेको हुन्छ । भित्रीरुपमा काम गर्नको लागि जे–जस्ता व्यक्तिहरु समावेश भए तापनि बाहिरीरुपमा देखा पर्ने व्यक्ति भने रुप–रंगमा निकै नै लोभ लाग्दा, मनमोहक नै हुन्छन् । ती संगठित व्यक्तिले परिचालन गरेको हनी याने सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरुको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोंग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीको रुपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउँमा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरुबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल शुरु गर्दछन् र उनीहरुबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ ।
हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।
यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन् । त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनको निमित्त उनीहरुले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।
कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ ।
आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
