- Loading...
ढोरपाटनमा अवैध नाउर शिकार गर्ने ३ जना बन्दुकसहित पक्राउ
- पुनहिल डट कम
- १ साल अघि
- २१२ पटक पढिएको

ढाेरपाटन शिकार अारक्ष अन्तरगत म्याग्दी खण्डमा पर्ने वार्षे ब्लककाे मनसुन मेला क्षेत्रमा अवैध चाेरी शिकार गरिरहेकाे भन्दै ढाेरपाटन स्थित नेपाली सेनाकाे देवीबक्स गुल्म र ढाेरपाटन शिकार अारक्षकाे संयुक्त टाेलीले अवैध हातहतियार, अखेटाेपहार बरामद भएकाे अाराेपमा तीन जनालाइ नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
अारक्षका अनुसार गुल्मको सुरक्षा पोस्ट गुर्जाघाटबाट मान बहादुर ऐर र ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले कोभर्ट पट्रोलको क्रममा म्याग्दीको धौलागिरी गाउँपालिकाका ५२ वर्षीय प्रेम बहादुर छन्त्याल, सोहि स्थानका ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरेको हाे ।
अारक्षका अनुसार पक्राउ परेकाहरूकाे साथबाट एकथान भरुवा बन्दुक, एकथान कार्तुस बन्दुक, एकथान खुकरी, दुईथान हसियाँ, छाला काट्न प्रयोग गरिने चक्कु दुईथान, धार लगाउन प्रयोग गरिने रेती एकथान, बाइनाकुलर एकथान, पासो बनाउन प्रयोग गरिने डोरी एकसय एकासी थान, पासो एकसय दुई थान, अन्दाजी १ बर्षको भाले नाउर र २ बर्षको पोथी नाउर काटेर राखेको अवस्थामा टाउको दुई वटा, खुट्टा आठ वटा, मासु ३० के.जी, छाला २ थान, जाली झालेला ३ थान, बन्दोबस्तीका सामान ३ सेट बरामद भएको छ ।
सोही पट्रोलको क्रममा ढोरपाटन शिकार आरक्षको बार्षे ब्लक क्षेत्रमा मृत अवस्थामा एउटा रेडपाण्डा र नाउरको एक थान सिङ्ग समेत फेला पारेको ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले बताए । पट्रोलको क्रममा बिभिन्न स्थानमा सिकारीहरुद्धारा राखिएको पासो समेत फेला पारी निस्कृय गरिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
