- Loading...
रोजगारमुलक तालिम र अस्पताल निर्माणको माग गर्दै रघुगंगा गाउँपालिकामा अनसन
- पुनहिल डट कम
- १ साल अघि
- २६२ पटक पढिएको

रघुगंगा गाउँपालिका, ३ का रमेश गुरुङले गाउँपालिकामा बन्ने ५ बेडको आधारभुत अस्पताल गाउँपालिका केन्द्र रहेको श्वास्थ्यचौकीमै निर्माण गर्न र वेरोजगारयुवालाई शिपमुलक तालिम दिनु पर्ने २ सुत्रिय माग गर्दै सोमबारदेखी गाउँपालिका कार्यालयमा अनसन सुरु गरेका छन ।
स्थानीय तहमा ५–१५ बेडको आधारभुत अस्पताल निर्माण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट गरेको वडा अर्न्तगतको श्वास्थ्य चौकीमा बनाउनु पर्नेमा रघुगंगा गाउँपालिका बैठकले तोकिएको स्थानभन्दा पृथक स्थानमा अस्पताल बनाउन खोजिएको भन्दै गुरुङ आन्दोलनमा उत्रेका हुन ।
स्वास्थ्य मन्त्रालयले भौगोलिक केन्द्र तथा अधिक जनसंख्या लाभान्वीत हुने रघुगंगा गापा, ३ पिप्ले स्थित स्वास्थ्य चौकीमा ५ बेड क्षमताको आधारभुत अस्पताल निर्माण गर्न तोकि पठाएको थियो । तर गाउँपालिकाको बहुमतको निर्णयबाट उक्त अस्पताल रघुगंगा गापा, १ बेगमा निर्माण गर्ने निर्णयगरी कार्यान्वय प्रयासमा थियो ।
त्यसैगरी गुरुङले रघुगंगा गापाले स्थानीय पिप्लेमा निर्माणाधिन राहुघाट जलविधुत आयोजनासँग समन्वयगरी सामाजिक उत्तरदायीत्व अर्न्तगत स्थानीय बेरोजगार युवालाई शिपमुलक तालिम प्रदानगरी रोजगारीको ब्यवस्था गर्नु पर्ने माग राखेका छन ।
‘म गाउँपालिकाकै जग्गा ब्यवस्थापन क्रममा सदरमुकाम छु । पालिका उपाध्यक्ष मार्फत पालिका कार्यालयमा एक जना स्थानीय अनसन बसेको जानकारी पाएको छु । अनसनकर्ताको माग अनुसार धेरै तालिम उपलब्ध गराएका छौं, हाईड्रोमा पनि सिप अनुसारको संभव रोजगारीमा जोडेका छौं, उहाँको पनि चाहना भए आउनुस, सीप अनुसारको रोजगारीमा जोड्न तत्पर छु’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘आधारभुत अस्पताल अनसनकर्ताको घर छेवैमा निर्माण गर्ने कुरा गाउँसभाको प्रचण्डबहुमतले पास गरेको हो । मेरो एक्लो निर्णयले हुँदैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
