- Loading...
बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेशमन्त्रीमा नियुक्त
- पुनहिल डट कम
- १ साल अघि
- ३९८ पटक पढिएको

एेजेन्सीहरू । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।
यसक्रममा उहाँले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ भने यसअघि विदेश मन्त्री रहेका जेम्स क्लीभर्लीलाई गृह मन्त्री नियुक्त गर्नु भएको छ ।
हाल बेलायतको तल्लो सदनमा सांसद नरहेका पूर्वप्रधानमन्त्री क्यामरुन यो नियुक्तिसँगै आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आउनुभएको छ ।
ब्रेक्जिट जनमत सङ्ग्रहमा बेलायत युरोपियन युनियनभित्र रहनुपर्छ भन्ने मान्यता राख्ने क्यामरुन सो मत पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभएको थियो । उहाँ सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
प्रधानमन्त्री सुनकले विवादास्पद अभिव्यक्ति दिने गृहमन्त्री सुएला ब्रेभरम्यानलाई पदमुक्त गर्नुभएको छ ।
ब्रेभरम्यानले बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका बारेमा प्रहरीको आलोचना गरेकी थिइन् । उनले यसबारेमा स्थानीय पत्रिकामा लेख समेत प्रकाशन गरेकी थिइन् । बेलायती प्रधानमन्त्रीको कार्यालय उनको सो व्यवहारका बारेमा रुष्ट रहेको बताइएको छ ।
आफ्नो बर्खास्तिपछि ब्रेभरम्यानले भन्नुभयो, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आगामी दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन् ।”
सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमो ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।
सुनकले यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्री स्टीभ बार्कलेलाई पनि वातावरण मन्त्रीमा सार्नुभएको छ । स्वास्थ्य मन्त्रीमा भिक्टोरिया अटकिन्स आएकी छिन् । मन्त्रिमण्डल पुनर्गठन समाचार तयार पार्दासम्म पनि जारी छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
