- Loading...
कोरला नाका ब्यवसायीक रुपमा खुल्ला, पहिलो खेप चीनबाट तीन वटा कन्टेनर राहत सामाग्री भित्रिए
- पुनहिल डट कम
- १ साल अघि
- २५४ पटक पढिएको

हिमालपारीको मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखी ब्यवसायीक रुपमा खुल्ला भएको छ ।
समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको गण्डकी प्रदेश अर्न्तगत मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरे ।
चिनियाँ पक्षको आमन्त्रण नभएपनि उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, संघिय तथा प्रदेश सभाका सांसदहरु समेत उपस्थित भए । नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) झोम्बा काउन्ट्रीकाका सेक्रेटरी,साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन समेत सुरक्षा अधिकारीहरु तथा नेपाल तर्फबाट भने लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्षहरु, सुरक्षा अधिकारीहरु सहभागी थिए ।
कोरोला नाका ब्यवसायीक रुपमा खुल्ला भएसँगै तिब्बतको झोम्वा काउन्ट्रीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकावासीलाई उपहार स्वरुप पठाएको तिब्बती नुन, चिया, ध्यू, कम्बल र सिरकहरु समेत समेतका सामान लिएर ३ वटा कन्टेनर (१२ वटा मिनी ट्रक)नेपाल भित्रिएका थिए । नेपाबाट भने कुनै सामान उता गएनन ।
‘आजदेखी कोरोला नाका खुल्ला भयो । नाका खुलेको पहिलो दिन तिब्बतको झोम्बा काउन्ट्रीले सीमावर्ती लाोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनतालाई पठाएको उपहार बोकेका ३ वटा कन्टेनहरु आए’ लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘अव हामीले तिब्बतमा के के कुराको माग छ, अध्ययनगरी यताबाट सोही अनुसारका सामान पठाउने योजना बनाउनु पर्छ । हामी मुस्ताङबाट तिब्बत पठाउने भनेको अर्गानिक स्याउ, आलु र खाद्यन्न नै हो ।’
गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमीपर सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ ।
आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अर्न्तगत विस २०५४ सालदेखी गाविसहरूले आफु कहाँ आउने सबै बजेट जम्मा पारेर लोमन्थाङ निवासी आङगेल विष्टको अध्यक्षतामा उपभोक्ता समिति मार्फत कोरला नाकाबाट खन्न सुरु गरिएको बेनी–जोमसाोम–कोरोला सडक २६ बर्षपछि पूर्ण ब्यवसायीक रुपमा खुल्ला भएको हो । बेनी–जोमसोम सम्मको ७६ किलोमिटर सडक भने नेपाली सेनाले ०५९ सालमा निर्माण सुरु गरी ०६३ सालमा ट्रयाक ओपनगरी सडक विभागलाई बुझाएको थियो ।
तत्कालिन मुस्ताङ जिविस सदस्य प्रेमप्रसाद तुलाचनले सम्झे, ‘तिनताक मान्छे र घोडा मात्र हिंड्न मिल्ने बाटो थियो । पोखराबाट इन्जिनियरलाई जहाजमा जोमसोम र त्यहाँबाट घोडामा लगेर कोरला नाकाबाट तल तिर सडक सर्वे गरेका थियौं । आज गण्डकी प्रदेशकै लाईफलाईन ठानिएको पोखरा–बेनी–जोमसोम–कोरोरा सडकले अर्न्तदेशिय ब्यापारिक नाकाको रुपमा स्थापित भएको छ ।’
नेपाल–चीन वीच गर्त वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको कोरला नाकामा चीनले सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।
नेपाल पट्टी भने चीनको सहयोगमा हालै नेपाली सुरक्षाकर्मीहरुकालागी अस्थाई आश्रय स्थल बनाईएको छ । सशस्त्र बोर्डरु आउट पोष्ट (बिओपी) र लोमन्थाङ गाउँपालिका अध्यक्षसमेत जनप्रतिनिधीको रोहवरमा चीनियाँ सुरक्षाकर्मीले नै दशगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाई भएका पाँच वटा प्रिफेव कन्टेनर जडान गरिदिएका हुन । कोरोला नाका संञ्चालनमा आएपछि यही अस्थाई संरचनामा नेपाली सुरक्षाकर्मी बस्ने छन ।
भन्सार कार्यालय भने १२ किमी तल नेचुङमै रहने भएको छ । कोरोला नाकामा चीनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भएपनि पूर्वाधार भने बनेका छैनन ।
कोरोला नाका ब्यवसायीक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन छुट पाउने ब्यवस्था भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका बनेको छ । नेपाल–चीन विच सात वटा द्विदेशीय ब्यापारिक नाकाहरु (ताप्लेजुङको अलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।
पोखरादेखी बेनीहुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भुगोलमा बाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ । बेनी–जोमसोमसम्मको सडक कालोपत्रे हुने छ । जोमसोम–कोरोलासम्मको सडक भने ग्राभेल हुने छ । यहाँको माटो नविग्रने भएकोले ज्यामेट्रिक समस्या पनि छैन । गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्मको ४ सय ३५ किमी लामो सडकलाई कालीगण्डकी करिडोर नामाकरण गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
