- Loading...
लाेकप्रिय थाली नाचकी सर्जक हिरामायाँ पुन र संरक्षक धनकुमारी थापा सम्मानित
- पुनहिल डट कम
- १ साल अघि
- ६१५ पटक पढिएको

म्याग्दीको चिमखोलामा सृजना भै देशविदेशमा चर्चित थाली नाचकी सर्जक हिरामायाँ पुन र सो नाचलाई देशविदेशमा परिचित गराउने धनकुमारी थाफालाई शुक्रवार बेनीमा एक कार्यत्रमका विच सम्मानित गरिएको छ ।
शुक्रवार बेनीमा आयोजना गरेको १२ औं श्रृखला लोकवार्ता संगोष्ठीका अवसरमा लोकवार्ता परिषद नेपालले पुन र थापा समेत जिल्लाको इतिहाँस तथा कला संरक्षणमा योगदान दिने चार जना श्रष्टालाई सम्मान गरेको हो । श्रष्टाहरुलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी र परिषदकी लोकवार्ता संयोजक प्रतिभा पुनसमेतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
चर्चित थाली नाच हिरामायाँ पुनले विस २०२८ सालमा स्थानीय चिमखोलाको पञ्चेवाजाको तालमा थाली नाच नाचेर सुरु गरेकी थिईन । पुनले सृजना गरेको थाली नाचलाई चिमखोलाकै धनकुमारी थापाले विसं २०४४ सालमा काठमाण्डौमा सम्पन्न सार्क सम्मेलनको अवसरमा प्रस्तुत गरेपछि देशविदेशमा चर्चा सुरु भएको हो ।
हिरामायाँ पुनले चिमखोला र वरपरका गाउँमा लाग्ने विहेवारी र मेलापर्वमा देखाउने थाली नाचको सीपलाई धनकुमारी थापाले टपक्क टिफेर जिल्ला सदरमुकामका कार्यक्रमहुँदै राष्ट्रिय स्तरका कार्यत्रममा प्रस्तुत गरी पुरस्कार जित्दै आउने गरेकी थिईन । थापाले थाली नाच पछिल्लो पुस्तामा समेत हस्तान्त्रण गर्दै आएकी छिन ।
१२ औं श्रृखला लोकवार्ता संगोष्ठीका अवसरमा जिल्लाको इतिहाँसको लेखनी र खोजीमा योगदान पुर्याएका कर्णबहादुर बानियाँ, अमूर्त संस्कृति झाँक्री परम्पराको संरक्षणमा जुटेका यमबहादुर पुर्जा (थाईला झाँक्री)लाई पनि सम्मान गरिएको थियो । परिषदले मालिका गापा, ७ विममा आयोजना गरेको छुट्टै संगोष्ठी कार्यक्रममा म्याग्दीमा बहुचर्चित र लोकप्रिय यानीमायाँ लोकभाखाकी सर्जक लालदेवी गर्वुजालाई पनि सम्मान गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
