FLASH NEWS
  • Loading...

बरङ्जाकी पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ३६६ पटक पढिएको
बरङ्जाकी पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता

मंगला गाउँपालिका, ३ बरङ्जाकी एक युवती सदरमुकाम बेनीबाट बेपत्ता भएकी छिन ।  बरंजा घर भई हाल बेनी नगरपालिका-८, क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता भएकी हुन्। सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजेपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।

अाफन्तका अनुसार  सिसीटिभीको फुटेज हेर्दा सापकाेटा कालिपुल आसपास देखिएको थियाे । अस्पताल चाेककाे एक मेडिकल पसलमा कार्यरत सापकाेटा  काम गर्दागर्दै निस्किएकी थिइन ।

बेपत्ता पुष्पाका आफन्तले खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् । यता प्रहरीले समेत बेनीबजारदेखि मालढुंगासम्म खोजीकार्य तिब्र पारेको र आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत हराएको सुचना जारी गरेको छ।