- Loading...
हरियालीकाे कालिज फार्ममा दाेस्राे पटक चितुवा पस्याे
- पुनहिल डट कम
- १ साल अघि
- २९२ पटक पढिएको

बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा सोमबार विहान चितुवा पसेर कालिजलाई क्षति पुर्याएको छ ।
हरियाली ग्रुप प्रालिले पालेको करिव ४ सय कालिज फार्ममा फलामे तारवार र नाईलन जालीबाट भित्र चितुवा पसेको हो । ग्रुपका निर्देशक गोविन्द पौडेलका अनुसार विहान अन्दाजी ६ बजे तिर चितुवा फार्ममा पसेको हो । ७ बजे दाना दिनेक्रममा चितुवा पसेको थाहा भएको हो । प्रहरी–वनका कर्मचारी र स्थानीयले छोप्ने प्रयासविच चितुवा दिउँसो ११.३० बजे पछाडी म्याग्दीखोला किनारा तर्फ फलामको जाली नाघेर पछाडी भागेको थियो ।
फार्म भित्र अहिले ५० वटा मरेका कालिज भेटिएको छ । १०–१२ वटा कालिज उडेर बाहिर निक्लेको भेटिएको छ । अरु भेटिएका छैनन । केही चितुवाले खायो होला, केही झाडीमा लुकेको अनुमान गरेका छौं’ हरियाली ग्रुपका निर्देशक पौडेलले भने, ‘६ लाख बढी मुल्य वरावरको क्षतिको अनुमान गरेका छौं । भोलीसम्म झाडीमा लुकेका कालिज बाहिर आएपछि वल्न क्षतिको यकिन विवरण आउला ।’
यस अघि २०७७ भदौमा पनि यही कालिज फार्मको चल्ला भएको भागमा चितुवा पसेर क्षति पुर्याएको थियो । संभवन बाहिर खेतबाट जम्पगरी आकासमा चरा पस्न नदिन लगाईएको नाईलन जालीमा पुगेको र च्यातेर फार्म भित्र पसेको अनुमान छ ।
राष्ट्र वैंकका निर्देशक, योजना आयोगका पूर्व उपाध्यक्ष रहेका मीनबहादुर श्रेष्ठको अगुवाईमा स्थानीय कृषक र ब्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले पुख्यौली थलोमा करिव १० करोड लगानीमा ब्यवसायीक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेका हुन । १९ जना संस्थापकले स्थापना गरेको हरियाली ग्रुपमा अहिले १ लाखदेखी १० लाख रुपैयाँसम्म लगानी हाल्ने ५० जना शेयर सदस्य छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
