- Loading...
कृषकलाई वाली थन्क्याउने चटाराे, आरनलाई हतियार अर्दाब्ने हताराे
- पुनहिल डट कम
- १ साल अघि
- २५८ पटक पढिएको

|अारन
कृषकलाई धान, काेदाे समेत अन्नबाली थन्क्याउने चटाराे विच कृषी औजारकारखाना (अारन)लाइ भने अाँसी समेत कृषी औजारहरू अर्दाब्ने हताराे छ । सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोलाको पक्की पुलमुनि एउटा पुरानो शैलीको आरन छ । आरनमा कोही घन ठटाउँदै घरायसी सामान र कृषि औजार मर्मत गरिरहेका छन । यहाँको आरनलाई भने आँसी अर्दाब्ने चटारो छ । कृषकलाई धान, कोदो समेतका अन्नवाली भित्राउने सिजन भएकोले आरनलाई कृषकका हतियारहरु मर्मत गर्ने चटारो परेको हो ।
आरनमा सवै सिजन, सवैदिन एकनास कामको भ्याइनभ्याई छ । खेतीवाली थन्क्याउने सिजन भएकाेले बेनी स्थित कृषकको कृषी औजार कारखानामा दैनिक १५ सयबढी अाँसी अर्दब्ने काम भैरहेकाे छ । अाँसी अर्दब्न जिल्लाभरीका कृषकहरू पालाे कुरेर बसेका छन । अन्य समयमा भने कारखानामा कृषकालागी दैनिक आवश्यक पर्ने घरेलु कृषी सामाग्री आँसी, बन्चरो, खुकुरी, दावे, बाउसो, कुटो, फाली, काठेफाली, झाङ्गा, ताप्के, तामाका गाग्री र पञ्चेबाजा बनाउँछन ।
बेनीकाे हाँडेभिर स्थित कृषी अाैजार कारखाना (अारन)का संचालक कुलदीप जुग्जालीले भने, दैनिक १५ सयबढी आँसी अर्दब्ने काम भैरहेको छ । एक पटक बनाएको हतियार दुई बर्षसम्म ग्यारेन्टी दिन्छौं, विग्रे निशुल्क मर्मत वा साटफेर गरिन्छ ।
१२ बर्षअघि ५० हजारको लगानीमा शुरु आरन फस्टाउँदै कृषीऔजार कारखाना बनेको छ । नपत्याउँदो छाप्रोभित्र २ करोडबढी लगानी छ । कारखानामा अनुभवी ५ मिस्त्रीसहित १८ ले प्रत्यक्ष रोजगारी पाएका छन । आरनमा म्याग्दीबाहेक पर्वत, बाग्लुङ र मुस्ताङबाट समेत कृषी सामाग्री मर्मत तथा बनाउन आउँछन । आरनका ७० हजारबढी ग्राहक भएको र मासिक ६० लाखसम्मको कारोवार गर्ने संञ्चालकको दावी छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
