- Loading...
छेलाे फाल्ने र मार हान्ने पहलमानहरूलाइ फेटाकाे भार
- पुनहिल डट कम
- १ साल अघि
- २९२ पटक पढिएको

पश्चिम म्याग्दीकाे धवलागिरी गाउँपालिका, ७ ताकम स्थित एतिहाँसिक शक्तिपीठ ताकमकाेट मन्दीर परिसरमा वडादशैंकाे नवमीकाे दिनमा परम्परादेखी छेलाे हान्ने चलन अझै प्रचलनमा छ । यस वर्ष ताकमका अशाेक खत्रीले ८.५ केजी ताैल भएकाे छेलाे सवैभन्दा टाढा पुर्याएर ‘पहलमान’ घाेषित भए । खत्री धवलागिरी गापा, ७ ताकमका वडाध्यक्ष समेत हुन ।
१८ जना प्रतिस्पर्धीलाइ पछि पार्दै ८ अाैं पटक पहलमान घाेषित खत्रीलाइ मन्दीरमा पुगेका गन्यमान्य (विशिष्ट अतिथीहरू)समेत समाजका अगुवा र अाफन्तहरूले अविरजात्रा सहित सेताे सफा कपडा ‘फेटा’ गुथाएर पहलमानकाे पगरीले सम्मान गरे ।
त्यसैगरी रघुगंगा गाउँपालिका, २ स्थित अर्काे शक्तिपीठ भगवतीकाेट मन्दीरमा नवमीका दिन देवीभगवतीलाइ वली चढाइने राँगाे मार हान्ने राखु सिजलगाउँका एकेन्द्र भण्डारीलाइ पनी सरकारी राँगाे मार हानेपछी स्थानीयले टाउकाेभरी फेटा गुथाए ।कालरात्रीमा काेटमन्दीरमा सरकारी राँगाे मार हान्न तीन लाख ३० हजार कबाेल गरेका भण्डारीले नवमीका दिन भगवतीकाेट मन्दीरमा चढाइने राँगाेकाे सफल मार हानेका थिए ।
छेलाे धेरै पर हुत्याउने ताकमका पहलमान खत्री र सरकारी राँगाेकाे सफल मार हान्ने राखु सिजलगाउँका भणडारी पहलमान दुवैलाइ गाउँलेले गुथाएकाे फेटाकाे भार यती धेरै रह्याे की अड्याउनै धेरै सहयागी चाहियाे । शिरमा बेरिने ‘फेटा’ले त्याे समाज वा ठाउँकाे विशेष ब्यक्तित्व ‘मूल व्यक्ति ‘ भनी चिनाउन फेटा गुथाउने प्रचलन छ । यसरी फेटा गुथाइनु विशेष सम्मान गरेकाे मानिन्छ । कतिपय जाती समुदायमा दुलाहलाइ पनि फेटा गुथाउने चलन छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
