- Loading...
दसैँमा मासु कसरी खाने ?
- पुनहिल डट कम
- १ साल अघि
- ५३७ पटक पढिएको

परम्परादेखी नेपाली समाजमा दसैँलाइ मासुभात खाने चाड भनिन्छ । त्यसैले पनि दशैंमा मासुको धेरे प्रयोग हुने गर्छ । तर, आवश्यकताभन्दा बढी मासुको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । अझ दसैँको बेला खानपानमा सन्तुलन नहुँदा कतिपय मानिस बिरामीसमेत हुने गर्छन् ।
यस्तो बेला खानेकुराहरूमा बढी चिल्लो, पिरो प्रयोग गरिने हुँदा त्यसले शरीरलाई फाइदा पुर्याउँदैन । र, चाडपर्वका बेला शरीरमा ब्यायाम कम हुने हुँदा शरीरमा समस्या अउन सक्छ । दसैँमा मासुको प्रयोग गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने पोषणविद् प्रणिती सिंह बताउँछिन् ।
‘मासु थोरै खानुपर्छ । तर, गुणस्तरीय भने हुनुपर्छ । धेरै चिल्लो, पिरो, तारेको मासु खानु स्वास्थ्यका लागि राम्रो मानिदैन,’ उनी भन्छिन् ।
त्यस्तै, मासु धेरै हुने भएकाले एकैपटक पकाएर राख्ने चलन हुन्छ । र, त्यही मासु धेरै दिन लगाएर खाने गरिन्छ । यसरी सबै मासु एकैपटक पकाएर खानु फाइदाजनक नहुने चिकित्सकहरूको भनाइ छ । तर, काँचो मासुलाई डिप–फ्रिजमा राखेर आवश्यकताअनुसार पकाएर खान भने सकिन्छ ।
विज्ञहरूका अनुसार पकाएर फ्रिजमा राखेको मासु खानुभन्दा डिप–फ्रिजमा राखेको काँचो मासु पकाएर खानु स्वस्थकर मानिन्छ । र, मासु थोरै–थोरै मात्रामा खानु राम्रो हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
