- Loading...
जलजलामा लैनाे गाईभैँसीलाई सुत्केरी पोषण भत्ता
- पुनहिल डट कम
- १ साल अघि
- २१२ पटक पढिएको

म्याग्दी सीमावर्ती पर्वतकाे जलजला गाउँपालिकाले गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालेकाे छ।
गाउँपालिकालाई पशुपालनबाट दूध र मासुमा आत्मनिर्भर बनाउन ३ वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ।
कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका अध्यक्ष राजु अाचार्यले बताए। कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
‘कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी ४ महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ,’ आचार्यले भने, ‘जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन्।’
विशेष गरेर जन्मनासाथ भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन राेक्न यस्ताे गरिएकाे हाे । पालिकाले गत आर्थिक वर्ष ०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्तास्वरुप २ हजार ५ सयका दरले कूल १ लाख ८० हजार रुपैयाँ वितरण गरेको पशु सेवा शाखाले जनाएको छ।
जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ। नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ। यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ।
पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।
उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुवर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ। वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले जानकारी दिए।
वार्षिक ३ लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा १ लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार ७९२ वटा अण्डा आवश्यक पर्नेमा ६ लाख ५७ हजार २८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
