- Loading...
दशैंमा चेलुक/च्याङ्ग्राकाे मासु सामान्य परिवारकाे पहुँच बाहिर
- पुनहिल डट कम
- १ साल अघि
- २३३ पटक पढिएको

दशैं सुरु भएसँगै दशैंलाई लक्षित गरि यस वर्षपनि मुस्ताङ्गबाट चेलुक/च्याङ्ग्रा झार्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दशैंमा मुस्ताङबाट ८ हजार हाराहारी चेलुक/च्याङ्ग्रा बजार झर्ने अनुमान छ ।
मुस्ताङमा बर्षेनी चेलुक/च्याङ्ग्रा उत्पादन घट्दै गएको र कोरोला नाका बन्दहुँदा तिब्बती चेलुक/च्याङ्ग्रा आयात रोकिएकोले संख्या घट्दा मुल्य आकाशिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार गत वर्षभन्दा चार हजार चेलुक/च्याङ्ग्रा थोरै आएका छन । मुल्यबढेपछि धितमरुन्जेल मासुभात खाने चाड दशैंमा सामान्य परिवारले मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको मासुको खान नसक्ने अवस्था आएको छ ।
‘तातोपानी नाका खुल्छ र तिब्बती चेलुक/च्याङ्ग्रा आउँछन भनेर उता गएँ । तातोपानी खुलेन, मुस्ताङ नाका खुल्छ भनेर यता आएको । मुस्ताङको (कोरोला नाका) पनि खुलेन । तिब्बती खसी नआउँदा एउटै खसीमा १०–१५ हजारसम्म उपभोक्तालाई महंगो परेको छ’ काठमाण्डौको खसी बजारमा लैजान आएका सिन्धुपाल्चोकका ब्यापारी वच्चु तामाङले भने, ‘यता खसीको मुल्य अत्यधिक महंगो पर्यो । आर्थिक मन्दीको कारण उपझोक्ताको त्रयशक्ती घटेकोले माशु विक्रि नहोला कि भन्ने डर लागेको छ । खाली कसरी फर्कनु भनेर ६०–७० वटा मात्र ल्याएर आएको छु ।’
मुस्ताङहुँदै आउने चेलुक/च्याङ्ग्राको संख्या घट्दा मुल्य आकासिएको छ । ब्यापारीका अनुसार गत वर्षभन्दा यो वर्ष प्रति चेलुक/च्याङग्रामा ७–१० हजारसम्म मुल्य बढी परेको छ । लोघेकर–दामोदरकुण्ड गाउँपालिका, १ चराङबाट च्याङ्ग्रा बेच्न ल्याएका कृषक/ब्यापारी नाम्ग्याल गुरुङले जोमसोममै रोजा प्रतिगोटा ५५ हजार मुल्य पर्ने च्याङ्ग्रा बजारमा पुर्याउँदा ५७–६० हजारसम्म पुग्ने बताए । मुस्ताङ्गी भनिएपनि डोल्पाबाट पनि तीन हजार चेलुक/च्याङ्ग्रा यही बाटो भएर आएका छन । मुस्ताङ सीमावर्ती क्षेत्रबाट बर्षेनी डोल्पा चेलुक/च्याङ्ग्रा आउने गर्छन ।
लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका अनुसार चार वर्ष उपल्लो मुस्ताङमा धेरै दिनसम्म परेको बाक्लो हिउँमा परिएर ८ हजारबढी चेलुक/च्याङ्ग्रा मरेकोले मुस्ताङको उत्पादन घटेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्र भित्र ३०० बढी चेलुक/च्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन । थप ५०–१०० वटासम्म पाल्ने १० परिवार छन ।
‘युवा पुस्ता पशु पालनमा आर्कषित छैन । चेलुक/च्याङ्ग्रा पाल्ने गोठको संख्या घटेको छ । फेरी चार बर्षअघि हिमपातमा पुरिएर हजारौं चेलुक/च्याङ्ग्राको उत्पादन घटेको हो’ चराङ स्थित पश्मिना उत्पादन च्याङ्ग्रा फार्म उपभोक्ता समितिकी अध्यक्ष मायाँ विष्टले भनिन, ‘पश्मिनाकालागी पालेका भएपनि हाम्रो फार्मबाट दुई बर्षपछि माशुजन्य च्याङ्ग्रा उत्पादन हुन्छ । हिउँबाट बचाउन २ रोपनी क्षेत्रफलमा खोर बनाएका छौं । यो नमुना हो, अन्य कृषकलाई पनि उत्प्रेरित गरिरहेका छौं ।’
मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र वाहृगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र चेलुक/च्याङ्ग्रा पाल्ने गरिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङलले स्थानीय कृषकहरुसँगबाट लिएको मौखिक तथ्याङक अनुसार लोमन्थाङबाट २ हजार, लोघेकर दामोदरकुण्डबाट २ हजार र वारागुङमुक्ति क्षेत्र गाउँपालिकाबाट ३ हजार र डोल्पाबाट एक हजार हाराहारीमा चेलुक/च्याङ्ग्रा तल झर्दैछन ।
‘हामीले अगुवा कृषक, कृषक समुह र ब्यापारीहरुसँग लिएको अनौपचारिक तथ्याङ्कमा यो वर्ष ८ हजारजति चेलुक/च्याङ्ग्रा दशैंकालागी बजार झर्दैछन’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख पशु चिकित्सक लालमणी आचार्यले भने, ‘मुस्ताङबाट बजार झार्ने चेलुक/च्याङ्ग्राको हेर्दा देखिने तहको आधारभुत क्वारेन्टाईन (स्वास्थ्य परिक्षण) गरिएकोछ । शुक्रवारसम्म ५ हजार खसीको निरोगिताको प्रमाण पत्र लगेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
