- Loading...
माेना अध्यक्षमा दधिवल खड्का सर्वसम्मत
- पुनहिल डट कम
- १ साल अघि
- ४५३ पटक पढिएको

सदरमुकाम बेनीमा शनिवार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको पाँचाैं महाँधिवेशनबाट दधिवल खड्का (जापान) समेत सम्पुर्ण पदाधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका छन । नेदरल्याण्डका मिम पुर्जाले अध्यक्ष पदकाे दावी छाेडेपछि खड्का माेनाकाे सर्वसम्मत अध्यक्ष बनेका हुन ।
महाँधिवेशनबाट ५ जना उपाध्यक्षहरूमा क्रमशः सुर्जे भट्टचन (पाेर्तुगल), इ.नन्द गर्वजा (युएइ), हरी राम्जाली (अष्ट्रेलिया), दिपक कार्की (जापान) र किसान जिसी (यु.के) चयन भएका छन । महिला उपाध्यक्षमा विष्णु बानियाँ (जापान), महासचिवमा सुनेस केसी (द.काेरिया), सचिवमा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), महिला सचिव सगिता थापा (अमेरिका) चयन भएका छन ।
त्यस्तै, काेषाध्यक्ष नरेन्द्र फगामी (कतार), सहकाेषाध्यक्ष प्रेम छन्त्याल (अमेरिका), युवा संयाेजक सचिन श्रेष्ठ (जापान), महिला संयाेजक पुर्णाीमा अासा पाइजा (हङकङ), महिला उपसंयाेजक नैना पुन (बेल्जियम) र क्षेत्रिय संयाेजक दिप फगामी (पाेर्तुगल) चयन भएका छन ।
समितिकाे अन्य क्षेत्रिय संयाेजक तथा सदस्यहरूकाे चयन भने निर्वाचित समितिकाे पहिलाे बैठकबाट मनाेनयन गर्ने ब्यवस्था रहेकाे माेनाका पुर्वअध्यक्ष तथा निर्वाचन समितिका सदस्य याेगेन क्षेत्रीले बताए ।
म्याग्दी जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई मातृ जिल्लामा उपयोग गर्ने उद्देश्यकासाथ मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २०६४ कात्तिक ५ गते म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय समवन्वय परिषद र ०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
