- Loading...
महावीर पुनको जीवन कथामा आधारित पुस्तक सोमबारदेखि अमेजन र दराजबाट खरिद गर्न सकिने
- पुनहिल डट कम
- १ साल अघि
- ३९१ पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक दराज र अमेजनबाट खरिद गर्न सकिने भएको छ । पुनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत पुस्तक दराज र अमेजन अनलाइन शपिङ प्लेटफर्ममा उपलब्ध हुने जानकारी दिएका हुन् ।
पुनका अनुसार नेपालबाट अनलाइनमा खरिद गर्न चाहने व्यक्तिले सोमवारदेखि दराजमा खरिद गर्न सक्नेछन् । यसका लागि दराजले प्रति पुस्तक कमिसनका रूपमा २२ रुपियाँ लिनेगरी सम्झौता भएको पुनले उल्लेख गरेका छन् ।
त्यसैगरी विदेशमा अमेजनको अनलाइन पुस्तक किनेर किन्डलमा पढ्न सकिनेछ । “किन्डलले भने किताब बेचेको कुनै पैसा नलिने रहेछ,” पुनले लेखेका छन्, “त्यो पनि सोमवारदेखि नै उपलब्ध हुनेछ ।”
काठमाडौँ उपत्यकाभित्र रहेका, तर दराजमा अनलाइन अर्डर गर्न नसक्नेहरूलाई पुनले ९८०१४६२९२४, ९८०१४६२९२४ र ९८४१५९२३६१ मा फोन गरेर अर्डर गर्न अनुरोध गरेका छन् । सोमवारदेखि अर्डर लिने र पुस्तक घरमै डेलिभरी हुने उनले उल्लेख गरेका छन् ।
बाहिरी जिल्लाहरूमा पुस्तक उपलब्ध गराउन स्थानीय स्वयंसेवकहरू, विद्यालय र पुस्तक पसल खोजिने र उनीहरू मार्फत बिक्री वितरण हुनेछ । त्यसका लागि स्वयंसेवक, विद्यालय र पुस्तक पसलले किताब बेचेर सहयोग गरे बापत केही रकम पाउने पुनको भनाइ छ ।
“विभिन्न देशहरूमा किताब पठाउनका लागि र बिक्री वितरणको लागि पनि स्वयंसेवकहरूको खोजी हुनेछ,” उनले भनेका छन्, “छुट्टी अथवा नेपाल आएर विदेशमा फर्कनु हुने नेपालीहरूले स्वेच्छाले आफू सक्दो किताब लैजान मद्दत गर्न सक्नुहुनेछ । त्यसो गर्न सकियो भने किताबको ढुवानी खर्च बच्नेछ र किताब सस्तो हुनेछ ।”
नेपालमा पढ्ने विद्यार्थीले पनि पुस्तक बेच्न मद्दत गर्न सक्नेछन् । जसअन्तर्गत प्रति किताब ५० रुपैयाँ कमिसन दिने पुनले जनाएका छन् ।
यदि कसैले स्वेच्छाले र अरु कुनै तरिकाले बिक्री वितरण गर्न सहयोग गर्ने आइडिया छ भने पुनलाई ९८४१५९२३६१ मा फोन वा ह्वाट्सएप गर्न सकिनेछ ।
पुस्तककाे मूल्य ७५० रुपैयाँ रहेकाे छ । अमेजन किन्डलमा भने यसकाे मूल्य १० डलर राखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
