- Loading...
चिठीपत्रकाे अनलाइन ट्रयाकिङ गर्दै हुलाक, सेवाग्राहीकाे विश्वास फर्काउँदै
- पुनहिल डट कम
- १ साल अघि
- ४४२ पटक पढिएको

|SONY DSC
आज १ सय ४९ अाैं विश्व हुलाक दिवस म्याग्दीमा पनी मनाइएकाे छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।
त्यसैविच, अाधुनिक संञ्चार प्रविधी (इन्टरनेट सहितकाे माेवाइ फाेनकाे तिब्र विकासले प्रभावहीन बनेको नेपालकाे हुलाक सेवाले फेरी सेवाग्राहीको विश्वास फर्काउन थालेको छ ।
हुलाक सेवाले आफ्नो परम्परागत शैलीमा सुधार गरी ब्यवस्थित र आधुनिक बनाउने प्रयत्न थालेपछिब्यक्तिगत, सरकारी कार्यालय, अदालती, बैंक तथा वित्तिय संस्था र अन्य निकायका परिपत्रहरु तथा पार्सलहरु हुलाकबाट पठाउनेको संख्या बढ्न थालेको छ । हुलाक सेवा जिपिएस ट्रयाकिङ सिस्टममा गएपछि सेवाग्राहीको भरोसा बढेको हो । अहलिे कुनै पत्र हुलाकबाट रजिष्ट्री गरेपछि उक्त पत्र कुन ठाउँमा पुग्यो, प्रापकले प्राप्त गरे/नगरेको प्रेषकले घरबाट हेर्न सकिने भएको छ ।
‘कार्यक्रम र बजेट नहुने भएकोले कर्मचारी आर्कषण छैन । तर हुलाक सेवाले आफ्नो क्षमता र गुणस्तरमा भने ब्यापक सुधार गरेको छ । एउटा चिठीको अव जिपिएस ट्रयाकिङ गर्न सक्ने अवस्थामा हामी छौं । प्रापककै हातमा चिठी पुग्ने कुरा ग्यारेन्टी हुन्छ, त्यो पनि सिस्टममा अपडेट हुन्छ’ जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख रमेश अधिकारीले भने, ‘हुलाक सेवा प्रति सेवाग्राहीको विश्वास बढेको छ । ब्यक्तिगत चिठीपत्र भन्दा पार्सलहरु हुलाकबाट पठाउने चलन बढी छ । हामीले राहदानी मागेका छौं, सरकारले अनुमति दिए हामीले सेवाग्राहीको घरमै पुर्याउन सक्षम छौं ।’
हुलाक सेवा सस्तो, भरपर्दो र विश्वासिलो बनेपछि विदेशमा रहेका नेपाली तथा ब्यापारीहरुले समेत सानातिना सामानहरु हुलाकबाट पठाउन थालेका छन । न्यून बजेट रहने हुलाकमा कर्मचारीहरुको आर्कषण घटेपनि भरपर्दो सेवामा सेवाग्राहीको विश्वास भने फेरी बढ्न थालेको छ । केही बर्ष अघिसम्म ५–७ वटा मात्र चिठीपत्र मात्र दर्ता हुने हुलाकमा अहिले दैनिक १५–२० वटा पत्र दर्ता हुन थालेका छन । सरकारले समेत राहदानी जस्तो संवेदनशिल सामाग्री समेत हुलाक सेवाबाटै राजधानीबाट जिल्लामा पठाउने गरेको छ ।
हुलाक कार्यालयका अनुसार एउटा चिठी रजिष्ट्रीगरी पठाउँदा न्यूनतम ४० रुपैयाँ लाग्छ । त्यसमाथी चिठीमा राखिएको सामाग्रीको प्रकार र तौलको आधारमा मुल्य निर्धारण हुन्छ । बेनीबाट पठाएको एउटा चिठी बढीमा तीन दिनमा काठमाण्डौ पुग्छ, पाँचौ दिन प्रापकको हातमा पुग्ने गरेको दावी हुलाक कार्यालयले गरेको छ ।
त्यसैगरी नेपालकाे हुलाकमा अहिले ब्यक्तिगत चिठीपत्र हुलाकबाट आदान–प्रदान गर्ने युग समाप्त भएपनि अदालत, बैंक तथा वित्तिय संस्थाले ‘कानुनी प्रकृया’ पुर्याउनै पर्ने पत्रहरु भने हुलाकबाट पठाउने गर्छन । थोरै संख्यामा पत्रपत्रिकाहरु पनि गाउँका विद्यालय र पालिकाहरुमा हुलाकबाट पठाउने गरिएको छ । हुलाकबाट चिठी पठाएपछि मात्र कानुनी प्रकृयाको थालनी हुने भएकोले हुलाकका डाँक थैली/झोला बैंक तथा सहकारीहरुले लाभग्राही ‘ऋणी’लाई पठाउने पत्रहरुले भरिने गरेका छन ।
‘हुलाकमा सहरबाट गाउँ जाने डाँकथैली भरी हुन्छन । कहिलेकाहीं त भारी नै हुन्छ । तर गाउँबाट सहर झर्ने थैली भने रित्ता हुन्छन । हाम्रा डाँक थैली पहिला–पहिलो प्रदेशमा रहेका आफन्तले पठाएका धनादेशले भरिन्थ्यो, आजभोली कि अदालतका म्याद तामेली हुन्छ कि बैंक, सहरकारी र लघुवित्त कम्पनीले पठाएका ऋणी असुलीका ताकेता पत्रले भरिन्छन’ ३३ बर्षदेखी हल्कराको काम गर्दै आएका चन्द्रबहादुर केसीले भने, ‘हुलाकबाट पठाएको पत्र सम्बन्धित प्रापकले नै पाउँछ भन्ने ग्यारेन्टी हुने भएकोले कानुनी विधी पुरा गर्न पनि हुलाकबाटै पत्र पठाउने चलन छ ।’ केसीले थपे, ‘पहिला पहिला सवैले चिठी आए खुशी हुन्थे । आजभोली चिठीका प्रापक खोज्दै गयो, गाउँलेले पनि शंकाको आंखाले हेर्छन, प्रापकहरु पनि भाग्न खोज्छन ।
हुलाक सेवामा कार्यरत कर्मचारीले साविकका गाविस अहिले पालिकाको एउडा वडामा रुपान्तरित भएकोले चिठीपत्र बुझाउन भने समस्या हुने गरेको गुनासो गरेका छन । पहिला वडा तह सानो टोलमा सिमित थियो अहिले क्षेत्रफल ठूलो बनेकोले प्रापक पहिचान गर्न कठिनाई भएको र पत्र बुझाउने समय लम्बिएको उनीहरुको अनुभव छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
