- Loading...
प्रविधि पहेली
- पुनहिल डट कम
- १ साल अघि
- १०८ पटक पढिएको
विद्यार्थीले कक्षाकोठासम्म मोबाइल फोन बोक्न थालेपछि शैक्षिक गुणस्तर खस्केको भन्दै शिक्षकहरूले भने, ‘विद्यार्थी आफैले मोबाइल किन्ने हैसियत राख्दैनन् । अभिभावकले मोबाइल फोनमा टेलिफोनको सिमसँगै विकार वस्तु राखेर छोराछोरी स्कुल पठाउँछन् भने हामी जागिरे शिक्षकले के गर्न सक्छौं ?’
जवाफमा अभिभावकहरूले तर्क गरे, ‘हामी हली, गोठाला अभिभावकलाई बालबालिकाले टेरेनन् । यी काँचो माटोलाई शिक्षकहरूले राम्रो भाँडाको आकार दिनुपर्छ । गाई पशुले बाली बिगार्छ भनेरै गोठालो राख्ने हो ।’
लान्छनायुक्त विवादका संवाद बरंजास्थित महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयमा भएको विद्यालय शान्ति क्षेत्र विषयक शिक्षक-अभिभावकबीचको अन्तरक्रियामा उठेका हुन् । अनौपचारिक क्ष्ाेत्र सेवा केन्द्र -इन्सेक) ले गरेको उक्त कार्यक्रममा मोबाइल फोन समसामयिक रूपमा गम्भीर विषय बनेको छ । ‘पशुबाट बाली बचाउन कृषकले नै बारबन्देज बलियो लगाउनुपर्छ ?,’ शिक्षक र अभिभावकबीच कडा प्रश्न तेर्सियो, ‘गोठालो गतिलो भयो भने गाईले बाली नाश गर्न
सक्छ ?’ सवालको निदान खोज्नु त्यत्ति सजिलो छैन । प्रविधि विकासको एउटा चक्र छ । सहभागितामूलक, लैंगिक समानता र पछिल्लोपटक विकासे खेतमा आधुनिक सूचना र प्रविधिको बीउ छर्न थालिएको छ । बितेका दुई दशकमा सूचनाप्रविधिको प्रयोग ग्रामीण तहसम्म विस्तार भएको छ । गाउँ होस् वा सहर, मानिसको जीवन पद्धतिमा आधुनिक सञ्चार प्रविधिले प्रत्यक्ष-परोक्ष प्रभाव पारेको छ । ज्ञान र सीपको सिकाइ पद्धतिमा सूचनाप्रविधिको भूमिका महत्त्वपूर्ण छ । यसको प्रयोगले परम्परागत नेपाली सामाजिक, संस्कृतिक, आर्थिक पक्षमा सकारात्मक र नकारात्मक दुवै पाटोमा प्रभाव परेको छ ।
२०५६ सालतिर नेपालमा मोबाइल आउँदा निक्कै हल्लाखल्ला भएको थियो । पहिलोपटक केही सांसद्ले मोबाईल बोक्दा ‘चप्पल लगाउन नसक्ने नेताले महंँगो मोबाइल बोक्ने’ भनेर व्यापक आलोचना भएको थियो । तर आज स्थिति उल्टो भएको छ । सहरदेखि धेरै दुर्गम गाउँमा समेत मोबाइल सेवा पुगेको छ ।
इन्टरनेट प्रविधिको दुनियाँमा पछिल्लोपटक भित्रिएको रोमाञ्चकारी टेक्निक हो, इन्टरनेट । डेढ दसकअघि महावीर पुनको अगुवाइमा म्याग्दीमा ताररहित इन्टरनेट भित्रिएकाे थियाे । अहिले सवैकाे हातहातमा इन्टरनेट सहितकाे संञ्चार माध्यम माेवाइ सवैकाे हातहातमा गाई, भैंसीगोठमा भकारो सोहोर्दै र बेलुकी घाँसपात गर्दै हुर्केका गाउँले, गृहणीमा पनी फेसवुक, टिकटक समेत सामाजिक संञ्जालमा भाइरल हुने ‘क्रेज’ बढ्दै गएको छ ।
मेलापात र चुलोचौकोमा सीमित ग्रामीण महिलाहरू गोबर लत्पतिएका हातले माेवाइल फाेनका डिजिटल स्कृनमा झुम्मिन थालेका छन् ।
इन्टरनेट प्रयोगकर्ता अा-अाफ्ना पेशागत उपयाेगी सामग्रीको सट्टा रमाइला मनोरञ्जनमा बढी समय खर्च गरेकोले पूर्णरूपमा सदुपयोग हुन नसकेको भन्दै सर्वत्र अालाेचना हुन थालेकाे छ। ‘घाम र छाया त छुट्टाउन सकिन्न नि ?’ दोष सूचना प्रविधिको नभई प्रयोग गर्ने व्यक्तिमा भरपर्ने उल्लेख गर्दै महावीर पुन भन्छन्, ‘इन्टरनेटमा उपलब्ध हुने अश्लील वस्तुले हाम्रो सामाजिक संस्कार र संस्कृतिलाई प्रदूषित गर्यो भन्ने हो भने तपाईं त्यता नजानूस् । यदि एउटा असल र सक्षम शिक्षकले आपmना विद्यार्थीहरूको फेसबुक समूह बनाई शैक्षिक सामग्री र उपयोगी सन्दर्भ सामग्री सजिलै पढाउन सक्छ । इन्टरनेट नरभक्षी जन्तु होइन ।’